मनहरी पालिकाले आफ्नै लगानीमा कोल्ड स्टोर निर्माण गर्दै अध्यक्ष/ उपाध्यक्षद्वारा शिलान्यास

मनहरी गाउँपालिकाले आफ्नै लगानीमा कोल्ड स्टोर निर्माण गर्ने भएको हो । आईतबार एक कार्यक्रमका बिच मनहरी गाउँपालिका अध्यक्ष रन्जन कालाखेती र उपाध्यक्ष सीता पुलामी मगर ( रेखा)ले संयुक्त रुपमा कोल्ड स्टोर भवनको शिलान्यास गर्नुभएको हो ।

मनहरी गाउँपालिका वडा नम्बर ३ ढेडुवा खोला क्षेत्रमा निर्माण हुन लागेको कोल्ड स्टोर गाउँपालिकाको गौरबको योजनाको रुपमा रहेकोछ ।

गाउँपालिकाको गत आर्थिक बर्ष २०७९/०८० मै आन्तरिक श्रोतबाट खर्च हुनेगरी १० करोड रुपैयाँ बजेट बिनियोजित गरिएको थियो । जसमा ६ करोड २८ लाखमा निर्माण कार्य सम्पन्न गर्ने गरि नमोबुद्ध हिमालयन जे. भि निर्माण सेवा प्रा.लि. काठमाण्डौले ठेक्का पारेको थियो । निर्माण ब्याबसायी कम्पनीसंग २०८० माघ १० गते सम्झौता भएको र सम्झौता भएको मितिले २ बर्षको समयावधि अर्थात २०८२ माघ ०९ गतेसम्ममा कार्य सम्पन्न गरि सक्नुपर्नेछ ।

४ सय मेट्रिक टन क्षमता भएको कोल्ड स्टोर बने पछि पालिकाका किसानले उत्पादन गरेका तत्काल बिक्री गर्न नसकेर कुहाएर फ्याक्नु पर्ने अवस्था र किसानको बालिले उचित मुल्यमा बेच्नको लागि स्टोर गरेर राख्न उक्त स्टोरको प्रयोग गर्न सकिने समेत सुचना अधिकरी भट्टराईले जानकारी दिनुभयो ।

कोल्ड स्टोर भवन बने पस्चात मनहरी गाउँपालिका सहित छिमेकी पालिका राक्सिराङ्ग गाउँपालिका , कैलाश गाउँपालिका र हेटौंडा उपमहानगर पालिकाले समेत सेवा लिन सक्ने पालिकाका सुचना अधिकारी राजेन्द्र भट्टराईले जानकारी दिनुभयो ।

गाउँपालिकाको अधिकांश जनसंख्या कृषिमा आश्रति भएको कारण कोल्ड स्टोर बनेपछि किसानले धेरै राहत महसुस गर्नेछ ।

शिलान्यास कार्यक्रममा मनहरी गाउँपालिकाका अध्यक्ष/ उपाध्यक्ष , वडा नम्बर १ ,३,५ का वडा अध्यक्ष एबम पालिकाका कर्मचारी एबम प्राबिधिकहरु, स्थानिय जनता लगाएतकाको उपस्थिती रहेको थियो ।

By कृषि पाटी

अरू पढ्नुहोस्