बाढी पीडितलाई आयल निगमको तीन करोड सहयोग

नेपाल आयल निगमले अविरल वर्षासँगै गएको बाढी पहिरोबाट पीडित भएकाहरूका लागि प्रधानमन्त्री दैवी प्रकोप राहत तथा उद्धार कोषमा तिन करोड रकमको चेक निगमका कार्यकारी निर्देशक डा. चण्डिका भट्टले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आइतबार हस्तान्तरण गर्दै सहयोग गरेको छ। सो क्रममा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र सञ्चालक समितिका अध्यक्ष समेत रहेका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव र निगम सञ्चालक समितिका सदस्यहरूको समेत उपस्थिति थियो । निगम सञ्चालक समितिको सो बराबरको रकम हस्तान्तर गर्ने निर्णय बमोजिम उक्त रकम हस्तान्तरण गरिएको निगमका प्रवक्ता पूर्ण रिजालले जानकारी दिए ।

By कृषि पाटी

अरू पढ्नुहोस्