मखमली फूल र मालाको माग घटे संगै गुण्डुवासी निरास

धेरै पनि परेको कारण ले फुल धेरै राम्रो नभएको र पुस्ताले चासो नदेखाउने र वृद्धवृद्धाले काम गर्न नसक्दा गुण्डुमा फूलको उब्जनी नै मासिने सम्भावना उच्च रहेको छ। फूलको व्यापार क्रमशः वर्षेनी घट्दै जादा यस वर्ष विगतको तुलनामा फूलको उत्पादन कम भएको र बजार पनि नरहेको किसानको गुनासो छ । विचौलियाकाकारण किसानसँग व्यापारीहरुको भेट नहुने र विचौलियाले बाटोबाटै व्यापारीहरुलाई फर्काइदिने गरेको किसान बताउँछन् । सरकारले पनि उन्नत प्रकारको बीउबिजन दिन नसक्नु का साथै आयातित फूलले बजार लिँदा देशका किसानले लगाएको फूल बिक्री हुन छोडेको गुनासो उनीहरुको छ ।

By कृषि पाटी

अरू पढ्नुहोस्