कृषि अम्बुलेन्स , चितवनका किसानलाई राहत

इच्छाकामना गाउँपालिकाले हपनी कृषि समूहको साझेदारीमा सञ्चालन गरिरहेको कृषि एम्बुलेन्सका कारण थोरै मात्रामा सागसब्जी लिन गाडी आउन नमान्ने हुँदा त्यत्तिकै खेर जाने गरेको समस्या हट्नुको साथै दुई मुठा सागले पनि बजार पाउने गरेको र किसानलाई उत्पादित कृषि सामग्री बजारसम्म लैजान सहज भएको चेपाङले बताए। कृषि एम्बुलेन्सले टोलटोलमा पुगेर थोरैथोरै उत्पादन पनि बजारसम्म लैजाने र भाडादर पनि अन्य गाडीको भन्दा सस्तो भएको उनी बताउँछन्। कृषि एम्बुलेन्स सञ्चालनमा आएपछि यहाँका किसानलाई राहत मिलेको कृषि एम्बुलेन्स चालक स्थानीय दीपक प्रजाले बताए। उनले किसानको घरटोलमा नै पुगेर सागसब्जी सङ्कलन गरी बजारसम्म लैजाने गरेको जानकारी दिए।

By कृषि पाटी

अरू पढ्नुहोस्