धान भित्र्याउन प्रविधि आउदा किसानलाई सहज

धान पाकिसके पनि चाडबाडका कारण रोकिएका कैलाली/कञ्चनपुरका किसानहरु अहिले धमाधम काटेर भित्र्याउन हतारोमा देखिन्छन् । धान भित्र्याउने र गहुँ तथा दलहन बाली लगाउने सिजन सुरु हुन थालेको अधिकांश किसान खेतबारीमा व्यस्त छन् ।

पछिल्ला वर्षहरूमा कृषि क्षेत्रमा प्रविधि भित्रिएकाले धानमा पनि पहिलाको जस्तो, हातले काट्ने, हातले चुट्ने, गोरुले दाइँ गर्नुपर्ने अवस्था नभएको कैलारीकै किसान रेमन्त बोहराले बताएका छन्। बोहराले भने गाउँमा ‘नयाँ-नयाँ मेसिन भित्रिएका छन् । यसपालि त धान काट्ने र चुट्ने मेसिन पनि भित्रिदा धेरै सजिलो भएको छ ।’ खेत खनजोत गर्ने, बाली काट्ने र झार्ने जस्ता काममा आधुनिक कृषि औजारको प्रयोग बढ्न थालेपछि कृषकलाई धान खेती गर्न सहज भएको छ । आधुनिक कृषि औजारको प्रयोगले खेती गर्दा समयको बचत हुनुका साथै परिश्रम समेत कम गर्नु पर्ने हुादा पहिलेको भन्दा निकै सहज हुने गरेको बोहराले बताए ।

By कृषि पाटी

अरू पढ्नुहोस्