अदुवाको बिउ उपचार गर्ने बिधि :

अदुवा माटो मुनि फल्ने फल हो। यसलाई औषधि को रुपमा पनि प्रयोग गर्न सकिन्छा।

  • अदुवा बालीमा लाग्ने प्रमुख रोगहरुमध्धे गानो कुहिने रोग एक रोगको रुपमा चिनिन्छ।
  • यो रोगको संक्रमण नेपालको सबै अदुवा लगाइने क्षेत्रहरुमा भएको पाइएको छ।
  • तसर्थ बिउ उपचार गरि अदुवा लगाउनु नै एक प्रभावकारी तथा व्यवहारिक उपाय मानिन्छ।
  • अदुवाको बिउ उपचार गर्नु भनेको गानोबाट सर्ने रोगहरुको प्रतिरोध गर्नु हो।
  • बिउ अदुवा दुईपटकसम्म उपचार गर्नुपर्दछ। पहिलो भण्डारण गर्नु पहिला र दोस्रो रोप्ने बेलामा।
  • बिउ अदुवा गानोलाई उपचारको लागि ठूलो भाँडामा विषादी र पानीको मात्रा मिलाई घोल तयार गर्ने।
  • विषादीको घोल तयार गर्दा मेन्कोजेब २.५ ग्राम वा कार्बेण्डाजिमएक ग्राम प्रति लिटर पानीको दरले मिसाएर घोल तयार गर्ने।
  • तयार पारिएको घोलमा बिउ गानोलाई आधादेखि १ घण्टासम्म डुबाई छायाँमा सुकाएर रोप्ने।
  • एकपटक बनाएको घोलमा तीनदेखि चारपटकसम्म उपचार गर्न सकिन्छ।
  • सिफारिस गरेको विषादी र त्यसको सिफारिस मात्रा प्रयोग गर्ने।
  • म्याद नाघेको विषादीको प्रयोग नगर्ने।
  • बिउ गानोलाई कम्तीमा आधा घण्टासम्म विषादीमा डुबाएर राख्नुपर्दछ।
  • एक घण्टासम्म डुबाएर राखेमा अझ राम्रो मानिन्छ।
  • उपचार गरिएको गानालाई पूर्णरूपमा छायाँमा सुकाउनु पर्दछ।
  • गानाहरू पूर्णरूपमा सुकेपछि मात्र बारीमा लगाउनुपर्दछ।

By कृषि पाटी

अरू पढ्नुहोस्