बकैयाँ गाउँपालिका -9, भुट्टेलडाँडा बसोबास गर्ने मीना कुमारी नेपाल कुखुरा व्यवसाय गरेर नै जीविकोपार्जन गर्दै आइरहनु भएको छ । उहाँको अनुसार उहाँले करिब सात वर्षदेखि कुखुरा पाल्दै आउनुभएको छ। सुरुमा २०० देखि सुरु गरेको व्यवसाय अहिले ५००० सम्म पुगेको छ।
उहाँ भन्नुहुन्छ, कुखुरा पाल्दा केहि डर धेरै भएता पनि निरन्तर गरिरहेको भएरअहिलेसम्म राम्रै आम्दानी गरिरहेको छ, हामी खुसी नै छौं। बकैया गाउँपालिका वडा नम्बर ९ मा पानी,बत्ती र बाटोको राम्रो विकास नहुँदा कुखुरापालनमा निकै समस्या आउने उहाँले बताउनुभएको छ।
पहिले पहिले बाटो र बत्तीको पनि निकै समस्या रहेको तर अहिले भने बाटो र बत्तीको विकास भएको छ तर पानीको भने चाहिँ सुविधा अझै पनि पाउन सकेको छैन हिउँद लागेपछि धारामा पानी नै नआउने र बर्खामा धमिलो पानी आउने हुँदा कुखुरालाई शुद्ध पानी खुवाउन गाह्रो भएको उहाँले बताउनुभएको छ।
कुखुरा व्यवसाय गर्न केही कठिन भएपनि निरन्तर रुपमा गरिरहे राम्रो आम्दानी पाउन सकिनेछ। उहाँ भन्नुहुन्छ,” पानीबत्ती र बाटोको राम्रो विकास भए कुखुरा पालन गर्न अझै सहज हुने थियो”।