किसानलाई ई-रिक्सा वितरण

बाँके — बैजनाथ गाउँपालिकाले ११ जना किसानलाई ई–लोडिङ रिक्सा दिएको छ।

आर्थिक वर्ष २०८१/८२ मा “किसानसँग पालिका प्रमुख कार्यक्रम” अन्तर्गत ७०% अनुदानमा रिक्सा दिइएको हो।यो कार्यक्रमका लागि गाउँपालिकाले ३० लाख रुपैयाँ बजेट छुट्याएको थियो।

अध्यक्ष प्रकाशबहादुर शाहीका अनुसार किसानले उत्पादन गरेको तरकारी र अन्न बजारसम्म लैजान सजिलो होस् भनेर यो सहयोग गरिएको हो।

By कृषि पाटी

अरू पढ्नुहोस्