चैते धानको उचित मूल्य दिलाउन छलफल

हेटौंडा । किसानले चैते धानको उचित मूल्य नपाएको गुनासोपछि कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारी र उद्योग, वाणिज्य तथा आपुर्तिमन्त्री दामोदर भण्डारीबीच सोमबार वाणिज्य मन्त्रालयमा छलफल भएको छ ।छलफलमा दुवै मन्त्रालयका सचिव, खाद्य व्यवस्था तथा व्यापार कम्पनीका प्रमुख कार्यकारी अधिकृत लगायत सहभागी थिए ।

बैठकमा चैते धानको हालको अवस्था ,किसानले उचित मूल्य नपाउनुका कारण, भारतबाट हाल चामल आयात अवस्था, खाद्य व्यवस्था तथा व्यापार कम्पनीमा धान, चामलको मौज्दात अवस्था, खाद्यले किसानको चैते धान खरिद गर्न सक्ने अवस्था र भण्डारण क्षमता लगायत विषयमा छलफल भएको छ ।

By कृषि पाटी

अरू पढ्नुहोस्