नेपालमा चियाको उत्पादन बढ्दो, निर्यातमा समेत उल्लेखनीय सुधार

हेटौंडा, साउन ३, २०८२ — नेपालमा पछिल्लो समय चियाको उत्पादन उल्लेखनीय रूपमा वृद्धि भएको छ। राष्ट्रिय चिया तथा कफी विकास बोर्डले राष्ट्रिय चिया दिवसको पूर्वसन्ध्यामा सार्वजनिक गरेको तथ्यांक अनुसार, उत्पादन मात्र होइन, निर्यातमा समेत सकारात्मक सुधार देखिएको छ।

तथ्यांक अनुसार आर्थिक वर्ष २०८०/८१ मा देशभर २ करोड ७० लाख किलो चिया उत्पादन भएको छ। अघिल्लो वर्ष २०७९/८० मा यो संख्या २ करोड ६४ लाख किलो थियो भने २०७८/७९ मा २ करोड ६३ लाख किलो। यद्यपि आर्थिक वर्ष २०७५/७६ देखि २०७७/७८ सम्मको अवधिमा उत्पादन केही घटेको देखिएको थियो।

भन्सार विभागका अनुसार, आर्थिक वर्ष २०८०/८१ मा १ करोड ६५ लाख किलो चिया निर्यात गरी ३ अर्ब ६३ करोड रुपैयाँ आम्दानी गरिएको छ। चालु आर्थिक वर्ष २०८१/८२ को चैत्र मसान्तसम्ममा ३ अर्ब ५७ करोड रुपैयाँबराबरको चिया निर्यात भइसकेको छ, भने वर्षभरि ४ अर्ब ५० करोड रुपैयाँबराबरको निर्यात हुने अपेक्षा गरिएको छ।

हाल देशभर १५ हजार २०३ जना किसान चिया खेतीमा संलग्न छन्। १७१ वटा टी स्टेट र १२० वटा साना तथा मझौला चिया प्रशोधन केन्द्र सञ्चालनमा छन्। यी केन्द्रमार्फत करिब ६० हजार नेपालीले प्रत्यक्ष वा अप्रत्यक्ष रोजगारी पाएका

By कृषि पाटी

अरू पढ्नुहोस्