साउन २, म्याग्दी । असार सकिए पनि म्याग्दी जिल्लामा हालसम्म ७५ प्रतिशत मात्रै धान रोपाइँ सम्पन्न भएको छ ।
कृषि ज्ञान केन्द्र म्याग्दीका प्रमुख सञ्जिव बाँस्तोलाका अनुसार साउन १ गतेसम्मको तथ्याङ्कअनुसार कुल धान रोपाइँ क्षेत्रफलको ७५ प्रतिशतमा रोपाइँ भइसकेको छ ।
उहाँका अनुसार बेनी नगरपालिकामा ७० प्रतिशत, मालिका गाउँपालिकामा ६५ प्रतिशत र रघुगङ्गा गाउँपालिकामा ८० प्रतिशत रोपाइँ सम्पन्न भएको छ ।
