हेटौंडा – अबदेखि हरेक वर्ष साउन १६ गते ‘राष्ट्रिय कोदो दिवस’ को रूपमा मनाइने भएको छ।
सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङका अनुसार मन्त्रिपरिषद्को बैठकले कृषि तथा पशुपक्षी विकास मन्त्रालयको प्रस्तावमा यस्तो निर्णय गरेको हो।
सरकारले साउन १६ लाई राष्ट्रिय कोदो दिवसको रूपमा मनाउने निर्णय गरेको छ, मन्त्री गुरुङले जानकारी दिए।
नेपालका पहाडी भेगमा कोदो प्रमुख अन्नबाली हो। यो पौष्टिक, स्थानीय र परम्परागत खानाका रूपमा चिनिन्छ। यस्तो दिवस मनाउनुको उद्देश्य कोदोको संरक्षण, प्रवर्द्धन र यसको महत्वबारे जनचेतना फैलाउनु हो।
