हेटौडा- संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन (FAO) को आयोजनामा भियतनामको हनोईमा सम्पन्न एक देश, एक प्राथमिक उत्पादन विषयक उच्चस्तरीय अन्तर क्षेत्रीय संवादमा कृषि मन्त्री रामनाथ अधिकारीले विकासशील राष्ट्रहरूको साझा अनुभव कृषि सुधारका लागि महत्त्वपूर्ण हुने उल्लेख गर्नुभयो।
दुई दिनसम्म चलेको कार्यक्रममा एशिया र अफ्रिकाका कृषि मन्त्रीहरू तथा सरकारी प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
मन्त्री अधिकारीले जलवायु परिवर्तन र बजार चुनौतीको सन्दर्भमा अनुभव र सहकार्य आवश्यक भएको बताउँदै, नेपालले ठूलो अलैंची जस्ता उत्पादनमा ध्यान दिइरहेको र प्रशोधन तथा उद्यमशीलता प्रवर्द्धनमा लगानी बढाउनुपर्ने धारणा राख्नुभयो।
