हेटौंडा, साउन ४ — हाम्रो भान्सामा सजिलै पाइने मसला जीरालाई केवल स्वादका लागि मात्र होइन, स्वास्थ्यका दृष्टिकोणले पनि अत्यन्त उपयोगी मानिन्छ। आयुर्वेददेखि आधुनिक चिकित्सा विज्ञानले समेत जीराको सेवन स्वास्थ्यका लागि लाभदायक भएको पुष्टि गरेका छन्।
स्वास्थ्य विज्ञहरूका अनुसार जीरामा पाइने थुप्रै प्रकारका एन्टीअक्सिडेन्ट, भिटामिन, आइरन, फाइबर र एन्टिब्याक्टेरियल गुणले शरीरलाई भित्र–भित्रै सशक्त बनाउने काम गर्छ।
जीरा सेवनका प्रमुख फाइदाहरू यस प्रकार छन्:
पाचन सुधार गर्छ : जीराले पाचन प्रणालीलाई सक्रिय बनाउँछ र पेटको ग्यास, अफ्ठ्यारोपन, अपचजस्ता समस्या कम गर्छ।
तौल घटाउन सहयोगी : बिहान खाली पेट मनतातो पानीमा जीरा हालेर सेवन गर्दा बोसो घटाउने प्रक्रियामा मद्दत गर्छ।
रगतको हेमोग्लोबिन बढाउँछ : आइरनको स्रोत भएकाले जीरा रगतको कमी (एनीमिया) भएका व्यक्तिका लागि उपयोगी मानिन्छ।
रोग प्रतिरोधात्मक क्षमता बढाउँछ : एन्टिअक्सिडेन्ट तत्वले शरीरलाई रोगसँग लड्न सक्ने क्षमता प्रदान गर्छ।
छालाको स्वास्थ्य सुधार गर्छ : जीरामा रहेका एन्टिब्याक्टेरियल तत्वले छालाका रोगहरूमा पनि राहत दिन्छ।
स्वास्थ्य विशेषज्ञहरू भन्छन्, “नियमित तर सन्तुलित मात्रामा जीरा सेवन गर्दा धेरै स्वास्थ्य लाभ लिन सकिन्छ। तर अत्यधिक प्रयोग भने नगर्नु राम्रो।”जीरालाई भुटेर वा तातो पानीमा राखेर सेवन गर्न सकिन्छ भने तरकारी, सुप वा अचारमा समेत प्रयोग गरेर यसको फाइदा उठाउन सकिन्छ।
