नार्कद्वारा पूर्व निर्देशकसँग अनुभव आदानप्रदान

हेतौंडा, साउन ४ । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले पूर्व कार्यकारी निर्देशकहरूसँग अन्तरक्रिया कार्यक्रम गरेको छ। हालै नियुक्त कार्यकारी निर्देशक डा. कृष्णप्रसाद तिम्सिनाको नेतृत्वमा कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रममा कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारी विशेष अतिथिको रूपमा सहभागी भए। उनले अनुसन्धान विना विकास असम्भव भएको उल्लेख गर्दै पूर्व निर्देशकहरूको अनुभव महत्वपूर्ण हुने बताए। परिषद्को सुदृढीकरणमा निरन्तर प्रतिबद्ध रहने बताएका थिए।

नार्क पुनर्संरचना समिति अहिले सक्रिय रूपमा कार्यरत छ। उक्त समिति गत वैशाख ३१ गते मन्त्रिपरिषद्को निर्णयबाट गठन गरिएको हो। समितिका संयोजक प्रा.डा. गोविन्दराज पोखरेल प्रमुख अतिथिका रूपमा कार्यक्रममा सहभागी थिए। उनले समितिको उद्देश्य, कार्यक्षेत्र र रणनीतिबारे जानकारी गराउँदै परिषद्को सुधारमा टेवा पुग्ने विश्वास व्यक्त गरे।

कार्यक्रमको अध्यक्षता कार्यकारी निर्देशक डा. तिम्सिनाले गर्दै परिषद्ले भोगिरहेको चुनौती, सम्भावना, समाधानका उपाय तथा अनुसन्धान प्राथमिकता र कार्ययोजना प्रस्तुत गरेका थिए।

By कृषि पाटी

अरू पढ्नुहोस्