हेटौंडा, साउन ४ — नेपाली भान्सामा स्वाद र सुवास थप्न प्रयोग गरिने हरियो धनियाँ केवल सजावटको लागि मात्र नभई स्वास्थ्यका दृष्टिले पनि निकै लाभदायक हुन्छ। धनियाँमा पाइने भिटामिन, खनिज पदार्थ र एन्टिअक्सिडेन्टहरूले हाम्रो शरीरलाई धेरै किसिमले फाइदा पुर्याउने वैज्ञानिकहरूले बताएका छन्।
विशेषगरी भिटामिन ए, सी, के र पोटासियमको स्रोत मानिने हरियो धनियाँले पाचन शक्ति सुधार गर्ने, रोग प्रतिरोधात्मक क्षमता बढाउने र छालासम्बन्धी समस्या घटाउने काम गर्छ।
धनियाँका मुख्य फाइदाहरू यसप्रकार छन्:
- पाचन सुधारमा सहयोगी
धनियाँको रस वा पात चपाउँदा अपच, पेट फुल्ने र ग्यासको समस्या घट्छ। - चिनी नियन्त्रण
धनियाँ मधुमेह रोगीका लागि उपयोगी मानिन्छ। यसले रक्तमा ग्लुकोजको मात्रा सन्तुलनमा राख्न मद्दत गर्छ। - रोग प्रतिरोधात्मक क्षमता बढाउँछ
एन्टिअक्सिडेन्ट र भिटामिन सीले शरीरमा रोगसँग लड्ने क्षमता बढाउँछ। - छालालाई चम्किलो बनाउँछ
धनियाँको रस अनुहारमा लगाउँदा दागधब्बा घट्छ र छाला सफा तथा चम्किलो देखिन्छ। - रक्तचाप सन्तुलनमा राख्छ
पोटासियमको राम्रो स्रोत भएकाले धनियाँले उच्च रक्तचाप नियन्त्रणमा मद्दत गर्छ। - मुख दुर्गन्ध हटाउँछ
ताजा धनियाँ चपाउँदा मुखको दुर्गन्ध हटाउन सहयोग गर्छ।
विशेषज्ञहरू भन्छन्, दैनिक खानामा थोरै मात्रामा भए पनि हरियो धनियाँको प्रयोग गर्नाले दीर्घकालीन स्वास्थ्य लाभ लिन सकिन्छ। तर, अत्यधिक प्रयोग भने नगर्न चिकित्सकको सुझाव छ।
