हेटौंडा, साउन ५ – जुनसुकै भान्सामा सजिलै पाइने, सस्तो र उपयोगी फल कागती केवल स्वाद बढाउने मात्र होइन, शरीरको स्वास्थ्यका लागि पनि अत्यन्तै लाभदायक मानिन्छ। दैनिक जीवनशैलीमा थोरै मात्रामा भए पनि कागतीको सेवन गर्नु प्राकृतिक औषधिको रूपमा उपयोगी सावित हुन्छ।
विशेषगरी बिहानको समयमा मनतातो पानीमा कागती मिसाएर पिउनाले दिनभरि शरीर ताजा र ऊर्जावान् महसुस हुन्छ। यसका अतिरिक्त, कागतीले रोग प्रतिरोधात्मक क्षमता बढाउने, छाला सफा बनाउने र पाचन प्रणाली सुधार गर्ने काम समेत गर्छ।
कागती सेवनका प्रमुख फाइदाहरू:
- रोग प्रतिरोधात्मक शक्ति बढाउँछ – कागतीमा प्रशस्त मात्रामा भिटामिन ‘C’ पाइन्छ, जसले शरीरको रोगसँग लड्ने क्षमता बलियो बनाउँछ।
- वजन घटाउन मद्दत गर्छ – बिहान खाली पेटमा कागती पानी सेवन गर्दा बोसो घटाउन सहयोग मिल्छ।
- छालालाई चम्किलो बनाउँछ – कागतीको रस अनुहारमा प्रयोग गर्दा कालो दाग हटाउने र छाला सफा पार्ने काम गर्छ।
- पाचन शक्ति सुधार गर्छ – अमिलो स्वाद भएको कागतीले पेट सफा राख्न र ग्यास्ट्रिकको समस्या हटाउन सहयोग पुर्याउँछ।
- घाँटी दुख्दा राहत दिन्छ – कागती र महको मिश्रण घाँटी दुख्दा निकै उपयोगी मानिन्छ।
- रगत सफा गर्छ – कागती सेवनले रगतमा रहेका विषाक्त पदार्थ हटाउन मद्दत गर्छ।
- मुटु स्वस्थ राख्न सहयोगी – नियमित सेवनले कोलेस्ट्रोल सन्तुलनमा राख्न मद्दत गर्छ, जसले मुटु रोगको जोखिम घटाउँछ।
- घाउ निको पार्न सहयोगी – एन्टिसेप्टिक गुण भएकोले कागतीले साना घाउहरू चाँडै निको पार्न सक्छ।
