रोपाइँ सुस्त : यस वर्ष धान उत्पादन घट्ने संकेत

हेटौंडा, साउन ५ – साउनको पहिलो साता सकिँदै गर्दा देशभर धान रोपाइँको प्रगति सुस्त देखिएको छ। गत वर्ष यो समयमा ८४.६ प्रतिशत रोपाइँ सम्पन्न भएको थियो भने यो वर्ष अहिले सम्म मात्र ७२.१४ प्रतिशत रोपाइँ भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ।

यस वर्ष कुल १३ लाख ८३ हजार ७३२ हेक्टरमा धान रोपाइँ हुने अनुमान गरिएको छ, तर हालसम्म नौ लाख ९८ हजार २२८ हेक्टरमा मात्र रोपाइँ सम्पन्न भएको छ।

धान उत्पादनमा अगाडि रहेको तराई क्षेत्र र मधेश प्रदेशमा यो वर्ष रोपाइँ दर निकै कम रहेको छ। मधेश प्रदेशमा अहिलेसम्म जम्मा ४६.८३ प्रतिशत अर्थात् एक लाख ७४ हजार ५०८ हेक्टरमा मात्र रोपाइँ भएको छ। पर्याप्त वर्षा नपरेकाले यो स्थिति आएको हो।

धान विज्ञ डा. उज्ज्वलकुमार कुशवाहाका अनुसार, खासगरी तराईमा रोपाइँ कम हुनु उत्पादनमा ठुलो असर पार्नेछ। यसले गर्दा यो वर्ष धान उत्पादन घट्ने अनुमान गरिएको छ।

By कृषि पाटी

अरू पढ्नुहोस्