काठमाडौं, श्रावण ११ गते। जल तथा मौसम विज्ञान विभागका अनुसार आज आइतबार देशभर मनसुनी वायुको प्रभावले मौसम बदली भई अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको छ। विभागले देशका पहाडी भू-भागमा भारी वर्षा र तराईका केही क्षेत्रमा हावाहुरीको समेत पूर्वानुमान गर्दै सतर्कता अपनाउन आग्रह गरेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर मौसम साधारणतया बदली रहनेछ। देशका पहाडी भू-भागका केही स्थानहरू र तराईका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ।
यसैगरी, कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू(भागका एक(दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। मधेश र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा भने हावाहुरी चल्न सक्ने महाशाखाले जनाएको छ।
आज राती पनि देशभर मौसम सामान्यतया बदली नै रहनेछ। कोशी र सुदुरपश्चिम प्रदेश लगायत देशका पहाडी भू(भागका केही स्थानहरू र बाँकी तराई भू(भागका थोरै स्थानहरूमा मेघगर्जनरचट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ।
राती पनि कोशी, बागमती, गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना कायमै रहनेछ।
विभागले भारी वर्षाको सम्भावना रहेका पहाडी क्षेत्रमा पहिरो तथा गेग्रान बहावको जोखिम बढ्न सक्ने, नदीनाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने र हावाहुरीबाट हुन सक्ने क्षतिप्रति सचेत रहन सबैलाई आग्रह गरेको छ। साथै, यातायात क्षेत्रमा समेत वर्षाले प्रभाव पार्न सक्ने हुँदा आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ।
