“कृषकको खेतमै पुगिन् मन्त्री न्यौपाने, सरकारको सहयोगको आश्वासन”

तनहुँ, साउन ११ गते — सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले किसानहरूले भोगिरहेका समस्याबारे जानकारी लिन गृह जिल्ला तनहुँको व्यास नगरपालिका–५ स्थित ढोडेनी पुगेकी छिन्। आइतबार उहाँले त्यहाँकी महिला उद्यमी कल्पना गौलीद्वारा सञ्चालित ‘माँ अम्बे अलौकिक कृषि फर्म’को अवलोकन गर्नुभएको हो।

अवलोकनका क्रममा मन्त्री न्यौपानेले सरकार किसानप्रति समर्पित रहेको बताउँदै, “किसानलाई सहयोग र हौसला प्रदान गर्न सरकार प्रतिबद्ध छ,” भन्नुभयो। खडेरीजस्ता प्राकृतिक समस्याले प्रभावित भएका किसानलाई लक्षित गरी बजेट व्यवस्थापन farmer-friendly (किसानमैत्री) ढंगले गरिने उहाँले स्पष्ट पार्नुभयो।

महिला उद्यमी गौलीको कृषि फार्ममा ड्रागन फ्रुटसहित विभिन्न उत्पादनहरू देख्दा आफू अत्यन्त खुशी लागेको उहाँको भनाइ थियो। “कल्पना गौलीजस्ती उद्यमशील महिलाले दिएको प्रेरणा सम्पूर्ण महिलाहरूका लागि उदाहरणीय छ,” मन्त्री न्यौपानेले बताउनुभयो।

“कठोर मेहनत र लगनशीलतामार्फत आत्मनिर्भर बन्न सकिन्छ भन्ने सन्देश उहाँले दिनुभएको छ। यस्तो पौरख र समर्पणलाई हामी सबैले साथ, समर्थन र हौसला दिन जरुरी छ,” मन्त्री न्यौपानेको जोड थियो।

By कृषि पाटी

अरू पढ्नुहोस्