अंगुर खाऔं, शरीरलाई स्वस्थ राखौं

हेटौंडा, साउन १२ – फलफूलहरुमा अंगुर एक विशेष र लोकप्रिय फल हो । यसको मिठास, बहुपरकारिता र सजिलै उपलब्ध हुने गुणले गर्दा अंगुरले विशेष महत्व पाएको छ । न केवल स्वादिलो, अंगुर स्वास्थ्यका दृष्टिले पनि निकै लाभदायक मानिन्छ । यसमा पाइने विभिन्न पोषक तत्त्वहरूले शरीरलाई विभिन्न रोगबाट जोगाउन मद्दत गर्छन् ।

यहाँ प्रस्तुत छन् अंगुरका प्रमुख फाइदाहरू :

१. हड्डी बलियो बनाउने – अंगुरमा प्रशस्त मात्रामा आइरन पाइने हुनाले यसले हड्डीहरू बलियो बनाउँछ । जोर्नी तथा ढाड दुख्ने समस्यामा समेत लाभदायक हुन्छ ।

२. मुटु स्वस्थ राख्ने – अंगुरले शरीरमा नाइट्रिक अक्साइडको मात्रा बढाउँछ, जसले रगत जम्न दिँदैन र हृदयघातको जोखिम कम गर्छ । यसले कोलेस्ट्रोल नियन्त्रणमा राख्छ ।

३. माइग्रेनमा राहत – बिहान खाली पेटमा अंगुरको जुस पिउनाले माइग्रेन (आधाशिशी) को समस्याबाट राहत पाइन्छ ।

४. पोलियोबाट सुरक्षा – अंगुरमा हुने एन्टिब्याक्टेरियल तत्वले शरीरलाई पोलियो भाइरस जस्ता संक्रमणबाट जोगाउँछ ।

५. रोग प्रतिरोधात्मक क्षमता बढाउने – अंगुरमा पाइने भिटामिन ‘C’, ‘K’ र ‘A’ ले शरीरको रोगसँग लड्ने क्षमता बढाउँछ र रुघाखोकीबाट जोगाउँछ ।

६. रक्तचाप नियन्त्रण – पोटासियम र फाइबरको स्रोत भएकाले अंगुरले उच्च रक्तचाप नियन्त्रण गर्न मद्दत गर्छ ।

७. पाचन प्रणाली सुधार गर्ने – अंगुरमा प्रशस्त मात्रामा पानी र फाइबर पाइने भएकाले यसले कब्जियतको समस्या कम गर्छ र जलवियोजन हुन दिँदैन ।

८. आँखा स्वस्थ राख्ने – यसमा रहेको एन्टिअक्सिडेन्टले आँखाको दृष्टि शक्ति तेजिलो बनाउन सहयोग पुर्‍याउँछ ।


By कृषि पाटी

अरू पढ्नुहोस्