देशभर ७८.८४ प्रतिशत भूभागमा धान रोपाइँ, वाग्मतीमा ८७.१९ प्रतिशत

हेटौंडा, साउन १२ गते — देशभर आइतबारसम्म कुल धान खेतीयोग्य क्षेत्रफलमध्ये ७८.८४ प्रतिशत भूभागमा धान रोपाइँ सम्पन्न भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जानकारी दिएको छ।

वाग्मती प्रदेशमा हालसम्म ८७.१९ प्रतिशत क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको छ। हेटौंडा सहितका तराई र भित्री मधेसका क्षेत्रमा रोपाइँ तीव्र गतिमा भइरहेको मन्त्रालयले जनाएको छ।

अन्य प्रदेशको विवरण हेर्दा, कोशी प्रदेशमा ८०.३९ प्रतिशत, मधेश प्रदेशमा ५१.८२ प्रतिशत, गण्डकी प्रदेशमा ८.५३ प्रतिशत, लुम्बिनी प्रदेशमा ९२.०४ प्रतिशत, कर्णाली प्रदेशमा ९१.३८ प्रतिशत र सुदूरपश्चिम प्रदेशमा ९८.९४ प्रतिशत भूभागमा रोपाइँ सम्पन्न भएको छ।

गत वर्ष साउन १३ गतेसम्म देशभर ९२.६ प्रतिशत क्षेत्रमा रोपाइँ भइसकेको थियो। यस वर्ष मधेश प्रदेशलगायत केही क्षेत्रमा पानी नपरेका कारण

By कृषि पाटी

अरू पढ्नुहोस्