मौरी पालन : ग्रामीण क्षेत्रको आम्दानीको नयाँ विकल्प

हेटौंडा, साउन १२ गते । नेपालको कृषि प्रणालीमा मौरी पालन (मधुमाखी पालन) एक महत्वपूर्ण र सम्भावनायुक्त उद्यमका रूपमा विकसित हुँदै गएको छ। कम लगानी, न्यून भू–भागमा सञ्चालन हुने र थोरै श्रम खर्चिएर उच्च आम्दानी गर्न सकिने भएकाले पछिल्ला वर्षहरूमा मौरीपालनप्रति कृषकहरूको आकर्षण बढ्दो छ।

मौरी पालन गर्ने विधि र प्रक्रिया

१. उपयुक्त स्थानको छनोट
मौरी पालनका लागि शान्त, हरियालीयुक्त र कीटनाशक रहित स्थान उपयुक्त मानिन्छ। पानीको राम्रो स्रोत नजिक हुनु आवश्यक हुन्छ।

२. मौरीको घार (हाइभ) तयारी
मौरी पाल्नका लागि आधुनिक बक्स (हाइभ) प्रयोग गरिन्छ। सामान्यतः Langstroth किसिमको बक्स नेपालमा प्रचलित छ। हाइभ सफा, सुख्खा र उचित तापक्रममा राख्नुपर्छ।

३. मौरीको जातको छनोट
नेपालमा Apis cerana (स्थानीय जात) र Apis mellifera (विदेशी जात) गरी दुई प्रमुख जातका मौरी पाइन्छन्। Apis mellifera ले बढी मह उत्पादन गर्छ भने Apis cerana नेपाली वातावरणमा सहजै अनुकूल हुन्छ।

४. घार व्यवस्थापन
– मौरीको खानाको लागि वरिपरि प्रशस्त फूल हुनेबाला वनस्पति हुनुपर्छ।
– मौरीलाई रोग र कीराबाट जोगाउन नियमित निरीक्षण आवश्यक हुन्छ।
– आवश्यक परेमा कृत्रिम आहार (चिनी पानी वा प्रोटिन मिश्रण) दिन सकिन्छ।

५. मह सङ्कलन
मौसम अनुसार मह सङ्कलन गरिन्छ। सामान्यतः चैतदेखि असार महिनासम्म र असोजदेखि मंसिरसम्मको समय मह उत्पादनको लागि उपयुक्त हुन्छ। सफा उपकरणको प्रयोग गरी मह निकाल्ने गरिन्छ।

फाइदाहरु

आर्थिक आम्दानी: एक घारबाट वार्षिक रूपमा २०–३० केजीसम्म मह उत्पादन गर्न सकिन्छ। बजार मूल्य अनुसार आम्दानी आकर्षक हुने गर्दछ।

पराग–संयोजन: मौरीले पराग–संयोजन गरिदिने भएकाले अन्नबाली तथा फलफूलको उत्पादन पनि वृद्धि हुन्छ।

रोजगारी सिर्जना: यो व्यवसायले किसान तथा युवाहरूलाई आत्मनिर्भर बन्न सघाउँछ।

By कृषि पाटी

अरू पढ्नुहोस्