देशभर मनसुनी वर्षा

आज सोमबार देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनको न्यून चापीय रेखा नेपालको तराई भू-भाग नजिकै अवस्थित भएकाले देशभरको मौसम बदली भई अधिकांश स्थानमा वर्षा भइरहेको छ।
विभागले जारी गरेको पूर्वानुमान अनुसार, आज दिउँसो देशभर सामान्यतया बदली रही सबै प्रदेशका धेरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुनेछ। विशेषगरी कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

त्यस्तै, आज राति पनि मौसममा सुधार हुने देखिँदैन। राति देशभर बदली रही कोशी, मधेश, गण्डकी र लुम्बिनी प्रदेशका धेरैजसो स्थानमा र बाँकी प्रदेशका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ। यसैगरी, राति बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा भारीदेखि धेरै भारी वर्षाको विशेष सम्भावना रहेको विभागले जनाएको छ।

भारी वर्षाका कारण पहाडी भू(भागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहन सक्ने तथा नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागले सबैमा अनुरोध गरेको छ।

By कृषि पाटी

अरू पढ्नुहोस्