बाँकेमा ९३ प्रतिशत रोपाइँ सम्पन्न

नेपालगन्ज, साउन २० गते। बाँके जिल्लामा हालसम्म ९३.७५ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । कृषि ज्ञान केन्द्र बाँकेका अनुसार पछिल्लो केही दिनदेखिको लगातार वर्षा र सिक्टा सिँचाइ आयोजनालगायतका नहरमार्फत भएको सिँचाइले गर्दा यस वर्ष अपेक्षा गरिएकोभन्दा राम्रो रोपाइँ भएको हो ।

कृषि प्राविधिक अधिकृत खडक बस्नेतका अनुसार बाँकेका अधिकांश क्षेत्रमा रोपाइँ अन्तिम चरणमा पुगेको छ र एक साताभित्र बाँकी काम पनि पूरा हुने अनुमान गरिएको छ ।

उनले जिल्लाका सबै आठ वटै पालिकाबाट रोपाइँको अन्तिम विवरण संकलन गरिरहेको जानकारी दिँदै, जहाँ रोपाइँ हुन नसकेको छ, त्यहाँका समस्याको विवरण पनि पठाउन अनुरोध गरिएको बताए।

अघिल्लो हप्तासम्म नरैनापुर र जानकी गाउँपालिकामा सबभन्दा कम रोपाइँ भएको थियो। तर अहिले ती पालिकाहरूमा पनि रोपाइँ अन्तिम चरणमा पुगेकोले यसपटक धानको उत्पादन राम्रो हुने अपेक्षा गरिएको छ।

By कृषि पाटी

अरू पढ्नुहोस्