किसमिस खानुका चामत्कारिक फाइदाहरू


एजेन्सी – आयुर्वेद अनुसार, प्रत्येक दिन बिहान खाली पेटमा किसमिस सेवन गर्दा शरीरमा विभिन्न चमत्कारिक फाइदाहरू देखिन्छन्। यसले विशेष गरी क्यान्सर र मृगौलासम्बन्धी रोगहरूबाट बचाउन सहयोग पुर्‍याउँछ। साथै, किसमिसले शरीरको कमजोरी हटाएर शक्ति बढाउने महत्वपूर्ण भूमिका खेल्दछ।

१. ज्वरो निको पार्न सहयोगी

किसमिसमा पाइने एन्टीबायोटिक तत्वले शरीरमा भएको संक्रमण कम गरी ज्वरो घटाउन मद्दत गर्छ। यसको नियमित सेवनले रोग प्रतिरोधात्मक क्षमता (इम्युनिटी) बढाउँछ र शरीरलाई ऊर्जावान बनाउँछ।

२. कब्जियत हटाउन उपयोगी

साँझमा एक मुट्ठी किसमिस पानीमा भिजाएर बिहान खाली पेटमा त्यो पानी पिउनु र भिजेको किसमिस खानुले अपच, कब्जियतजस्ता पाचन समस्याहरूबाट राहत मिल्छ।

३. रक्तअल्पता (रगतको कमी) हटाउने

किसमिस आइरनको राम्रो स्रोत हो। नियमित किसमिस सेवनले रगतको कमी (एनेमिया) जस्ता समस्याबाट बच्न सहयोग गर्छ।

४. मृगौला स्वस्थ राख्न सहयोगी

किसमिसमा शरीरलाई चाहिने महत्वपूर्ण पोषक तत्वहरू पाइन्छन्, जसले शरीरमा रहेका विषाक्त पदार्थहरू (टक्सिन) बाहिर निकाल्न मद्दत गर्छ। यसले मृगौला स्वस्थ राख्न विशेष सहयोग पुर्‍याउँछ।

By कृषि पाटी

अरू पढ्नुहोस्