भन्टा खानुको फाइदा र बेफाइदा — के तपाईंलाई थाहा छ?

साउन २२, हेटौंडा – नेपाली भान्सामा अत्यन्तै प्रचलित तरकारी भन्टा (बैंगन) स्वास्थ्यका दृष्टिले पनि निकै उपयोगी मानिन्छ। स्वादिलो मात्र होइन, पोषणमा पनि धनी भन्टा सेवनका विभिन्न फाइदाहरू छन्। यद्यपि, केही अवस्थामा यसको सेवन स्वास्थ्यका लागि समस्या पनि बन्न सक्छ।

भन्टा खानुका फाइदाहरू:

  1. पोषणले भरिपूर्ण: भन्टामा भिटामिन C, K, B6, पोटासियम, फाइबर, र एन्टिअक्सिडेन्ट हुन्छ, जसले शरीरलाई स्वस्थ राख्न सहयोग गर्छ।
  2. हृदय स्वास्थ्यका लागि लाभदायक: भन्टामा पाइने एन्टिअक्सिडेन्ट र फाइबरले रक्तचाप नियन्त्रणमा राख्न र कोलेस्ट्रोल घटाउन सहयोग पुर्‍याउँछ।
  3. पाचन प्रणाली सुधार: यसमा भएको फाइबरले पाचन प्रणालीलाई स्वस्थ राख्न र कब्जियतबाट जोगाउन मद्दत गर्छ।
  4. डायबिटिज नियन्त्रणमा सहयोगी: भन्टामा कम ग्लाइसेमिक इन्डेक्स हुन्छ, जसले रगतमा चिनीको मात्रा सन्तुलनमा राख्न मद्दत पुर्‍याउँछ।
  5. मस्तिष्क स्वास्थ्य: भन्टाको छालामा पाइने नासुनिन (nasunin) नामक तत्वले मस्तिष्क कोषहरूलाई सुरक्षित राख्न मद्दत गर्छ।

भन्टा खानुका संभावित बेफाइदाहरू:

  1. एलर्जी हुनेहरूमा समस्या: केही मानिसहरूलाई भन्टाले छाला खुजली, घाँटीमा इरिटेसन वा एलर्जी निम्त्याउन सक्छ।
  2. नाइटशेड परिवारमा पर्ने: भन्टा नाइटशेड (nightshade) परिवारको बोट भएकाले जोइन्को दुखाइ (arthritis) भएका मानिसहरूलाई यसले समस्या दिन सक्छ।
  3. अधिक मात्रामा खानाले पाचन गडबडी: काँचो या बढी तारेको भन्टा अत्यधिक खाँदा पेट फुल्ने वा ग्यासको समस्या हुन सक्छ।
  4. अक्सलेटको मात्रा: भन्टामा अक्सलेट नामक तत्व हुने भएकाले मिर्गौलामा पत्थरीको समस्या भएकाहरूलाई सावधानी अपनाउन सल्लाह दिइन्छ।

By कृषि पाटी

अरू पढ्नुहोस्