नेपालमा करिब ४५% गाई र ३५–४०% भैंसी जीवनको कुनै न कुनै चरणमा थुनेलो रोग (मास्टाइटिस) बाट ग्रसित हुने तथ्याङ्क छ। यो रोग जीवाणु, विषाणु, किटाणु वा ढुसीका कारण हुने गर्छ र दूषित दुहुने तरिका वा फोहोर वातावरणबाट छिटो सर्छ।
लक्षणहरू
- दुध पातलो, पहेंलो, पीप वा रगत मिसिएको
- कल्चौडो सुन्निने, दुख्ने, तातो हुने
- जनावरमा ज्वरो, छट्पटाहट, दुध उत्पादन अचानक घट्ने
अधिक जोखिममा पर्ने अवस्था
- ब्याएको पहिलो २ महिना
- चौथो वेतपछि
- थुनमा घाउ भएको जनावर
- फोहोर गोठ वा दुहुने हात
आर्थिक असर
- उत्पादनमा ७०% कमी
- संक्रमित १०० जनावरमध्ये १४ काम नलाग्ने
- उपचारमा करिब ८% खर्च
उपचार र रोकथाम
- प्राविधिक सल्लाहअनुसार एण्टिबायोटिक र Corticosteroid प्रयोग
- गोठ सफा राख्ने, पोटास वा फिनेल प्रयोग
- दुहुने अघि र पछि हात र थुन सफा गर्ने
- दुध दुहिसकेपछि ५% आयोडिनमा थुन डुबाउने
- निको भएपछि ४ दिनसम्मको दुध फाल्ने
