देशभर ९१% धान रोपाइँ सम्पन्न

काठमाडौं, २६ साउन – यस वर्ष साउन २६ सम्म देशभर ९१ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार कुल १३ लाख ७८ हजार ९६६ हेक्टरमध्ये १२ लाख ५४ हजार ८८६ हेक्टरमा रोपाइँ भइसकेको हो। गत वर्ष यस्तै समयमा ९८.१९ प्रतिशत रोपाइँ भएको थियो।

प्रदेशगत विवरणमा सुदूरपश्चिम ९९.७२ प्रतिशतसहित अग्रस्थानमा छ। यहाँको कुल १ लाख ७६ हजार १५१ हेक्टरमध्ये १ लाख ७५ हजार ६५२ हेक्टरमा रोपाइँ सम्पन्न भएको छ।

By कृषि पाटी

अरू पढ्नुहोस्