देशभर मनसुन सक्रिय, धेरै स्थानमा भारी वर्षाको सम्भावना

श्रावण २८ । मनसुनको न्यून चापीय रेखा नेपालको तराई भू-भाग नजिकै रहँदा आज (बुधबार) देशभर मनसुन सक्रिय रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

आगामी २४ घण्टामा अधिकांश स्थानमा मध्यमदेखि भारी वर्षा र केही स्थानमा धेरै भारी वर्षा हुने अनुमान गरिएको छ। विशेषगरी मधेश, कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानमा प्रभाव पर्नेछ।

विभागका अनुसार, पहाडी भू-भागमा पहिरो तथा भू-क्षयको जोखिम, नदी-नालामा पानीको सतह वृद्धि र यातायातमा असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।

By कृषि पाटी

अरू पढ्नुहोस्