कागेश्वरी मनोहरा–८, गोठाटारको लभडाँडामा साउन ३० देखि भदौ २१ गतेसम्म डुकाउ (लभडाँडा) फिस टनेल एक्सपो एवं सांस्कृतिक व्यापार महोत्सव २०८२ हुने भएको छ।
संयुक्त नेपाल मेला महोत्सव प्रा.लि.को आयोजनामा हुने यस कार्यक्रममा काठमाडौंमै पहिलो पटक फिस टनेल मार्फत १,००० भन्दा बढी समुद्री माछा प्रदर्शन गरिनेछ। साथै राष्ट्रिय कलाकारहरूको सांस्कृतिक प्रस्तुति, पिङ, आधुनिक खेल, बालबालिकाका खेल सामग्री र १०० भन्दा बढी सपिङ स्टल रहनेछन्।
सामानमा २५% सम्म छुट दिइने यो महोत्सवले स्थानीय व्यापार र पर्यटन प्रवर्द्धन गर्ने अपेक्षा गरिएको छ।
