मनहरी–३ मा महिलाहरुको अर्गानिक दुना–टपरी व्यवसाय सुरु

हेटौँडा, (मकवानपुर) । मनहरी गाउँपालिका–३ डोठे सुकौरा स्थित २० जना महिलाहरूले ‘महिला उद्यमी दुना–टपरी समूह’ गठन गरी सालको पातबाट अर्गानिक दुना–टपरी उत्पादनको व्यवसाय सुरु गरेका छन्।

मनहरी गाउँपालिका–३ का अध्यक्ष अनन्त अर्यालको पहलमा गाउँपालिकाले सात दिने दुना–टपरी बनाउने तालिम सञ्चालन गरी आवश्यक मेसिन सहयोग गरेको हो। समूहकी अध्यक्ष मीरा भोलनका अनुसार हाल दुना प्रतिगोटा ३ रुपैयाँ र टपरी प्रतिगोटा ६ रुपैयाँमा बिक्री भइरहेको छ।

भोलनले भनिन्, “हामीले बनाउने दुना–टपरी अर्गानिक भएकाले स्वास्थ्यका लागि राम्रो हुन्छ। यसले महिलाहरूलाई केही गर्न सक्ने अवसर दिएको छ र आम्दानीको स्रोत पनि बनेको छ।”

उनका अनुसार, यो व्यवसायले घरमै बसेर महिलाहरूलाई केही गर्न सक्ने र आय–आर्जन गर्न सक्ने प्रेरणा दिएको छ। यसले वातावरणमैत्री उत्पादन प्रवर्द्धन गर्दै स्थानीय बजारमा माग पूरा गर्ने र महिलाहरूको आत्मनिर्भरता बढाउने अपेक्षा लिइएको छ।

सालको पातको दुना–टपरी आवश्यक परेमा समूहकी अध्यक्ष मीरा भोलन फोन नं. ९८२२२५३३१० मा सम्पर्क गर्न सकिन्छ।

By कृषि पाटी

अरू पढ्नुहोस्