धुल्लुबाँस्कोटमा कृषि ज्ञान केन्द्र बागलुङको अनुगमन

बागलुङ – बरेङ गाउँपालिका–१ धुल्लुबाँस्कोट लिउँवामा कृषि बालीमा देखिएका समस्या समाधान र प्रविधिक पृष्ठपोषणका लागि कृषि ज्ञान केन्द्र बागलुङले अनुगमन गरेको छ।

कार्यक्रममा वागवानी विज्ञ तथा वागवानी अनुसन्धान केन्द्र पोखराका अधिकृत सरोज अधिकारीले तरकारी खेतीमा देखिने माटो, रोग तथा किराबाट हुने समस्याबारे जानकारी गराएका थिए। उनले आत्मनिर्भर कृषि व्यवसाय, रोजगारीका अवसर र किसानले उत्पादनमा भोग्दै आएका चुनौतीको समाधानमुखी प्रयास आवश्यक रहेको बताए।

कृषि ज्ञान केन्द्र बागलुङका प्रमुख राजेश्वर सिलवालले बरेङ गाउँपालिकामा हालसालै मात्र उत्पादन गरिएको डल्ले खुर्सानी बालीमा रोग र किरा लाग्ने समस्या देखिएकाले कृषक, कृषि वैज्ञानिक तथा प्राविधिकबीच छलफल गरेर समाधान खोज्नुपर्ने बताए।

त्यस्तै, वाली संरक्षण अधिकृत सन्तोष अधिकारीले रोग व्यवस्थापन, किराबाट बाली जोगाउने उपाय तथा रासायनिक विषादीको नियन्त्रणबारे किसानलाई सचेत गराउन निरन्तर निगरानी र चेतनामूलक कार्यक्रम आवश्यक रहेको बताए।

By कृषि पाटी

अरू पढ्नुहोस्