काठमाडौँ । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा दुई समितिका प्रतिवेदनहरू प्रस्तुत गरिएको छ ।
कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिकी सभापति कुसुमदेवी थापाले ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२’ पेश गरिन् ।
त्यसैगरी, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापाले ‘विद्यालय शिक्षा विधेयक, २०८० सम्बन्धी समितिको प्रतिवेदन’ सभामा पेस गरे ।
यी दुवै प्रतिवेदन सम्बन्धित समितिहरूले बिहीबार पारित गरेका थिए ।
विशेषगरी बहुप्रतिक्षित शिक्षा विधेयकमा समितिले शिक्षकहरूले आफैं ६० अङ्कसम्म दिन सक्ने प्रावधान राखेको छ । साथै, विद्यालयका कर्मचारीको पारिश्रमिक सम्बन्धित स्थानीय तहले बनाएको कानुनअनुसार तोकिने व्यवस्था गरिएको छ । तर यो तलब सङ्घीय कानुनले तोकेको न्यूनतम् पारिश्रमिकभन्दा कम नहुने व्यवस्था गरिएको सभापति थापाले जानकारी दिइन् ।
