यस वर्ष धान रोपाइँमा कमी

काठमाडौँ । मनसुन ढिलो शुरु भएकाले यस वर्ष धान रोपाइँ घटेको छ। कृषि विभागका तथ्याङ्कअनुसार गत वर्षको तुलनामा करिब ३.६४ प्रतिशत कम रोपाइँ भएको छ।

गत वर्ष यसै समयमा देशभर ९८.५४ प्रतिशत रोपाइँ सम्पन्न भए पनि यस वर्ष ९४.९ प्रतिशत मात्र पूरा भएको छ। कुल १३ लाख ७६ हजार हेक्टर क्षेत्रफलमध्ये हालसम्म १३ लाख ६ हजार हेक्टरमा रोपाइँ सम्पन्न भएको छ, जुन ९३.३ प्रतिशत हो।

प्रदेशगत अवस्थाः

  • कोशी – गत वर्ष १००%, यस वर्ष ९७.२४%
  • मधेस – गत वर्ष ९७%, यस वर्ष ८६.३५%
  • बागमती – गत वर्ष ९९%, यस वर्ष ९७.२७%
  • गण्डकी – गत वर्ष ९८%, यस वर्ष ९६.६३%
  • लुम्बिनी – गत वर्ष ९८%, यस वर्ष ९८.३७%
  • कर्णाली – गत वर्ष ९९%, यस वर्ष ९९.७२%
  • सुदूरपश्चिम – गत वर्ष १००%, यस वर्ष ९९.७२%

कृषि विभागका महानिर्देशक प्रकाशकुमार सञ्जेलका अनुसार समयमा वर्षा नहुँदा विशेषगरी मधेस प्रदेशमा रोपाइँ ढिलो भएको हो। उहाँले पर्याप्त पानी नपाउँदा रोपिएका धानलाई सिँचाइ सुविधा नपुगेको र यसले उत्पादन घट्ने सम्भावना रहेको जानकारी दिनुभयो।

By कृषि पाटी

अरू पढ्नुहोस्