सिन्धुपाल्चोक — चौतारा साँगाचोकगढी नगरपालिका–१ गुन्सास्थित एक पशुपन्छी फार्ममा करेन्ट सर्ट भएर लागेको आगलागीमा ५० वटा बाख्रा जलेर मरेका छन्।
जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी माधवराज खरेलका अनुसार, विमला श्रेष्ठको नाममा दर्ता विधान विधि कृषि पशुपन्छी फार्ममा बिहानीपख आगलागी भएको हो।
प्रहरी टोली र स्थानीयवासीको सहकार्यमा आगो नियन्त्रणमा लिइए पनि ठूलो क्षति भएको छ। फार्ममा रहेका ८५ वटा बाख्रामध्ये २९ वटा मात्र सकुशल रहेका छन् भने ६ वटा घाइते भएका छन्।
आगो निभाउने क्रममा सोही गाउँका ४४ वर्षीय चुडामणि श्रेष्ठ घाइते भएका छन्। उनको अहिले चौतारा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
