काठमाडौं – तुलसी हिन्दू धर्ममा विशेष धार्मिक महत्व राख्ने वनस्पति हो। पूजा, मृत्युपश्चात शवसंग तुलसीको मोठ राख्ने परम्परा लगायतले यसको सांस्कृतिक महत्व देखाउँछ। धार्मिक महत्वसँगै तुलसीका औषधीय गुणले यसलाई बजारमा अत्यन्तै लोकप्रिय बनाएको छ।
कृषकहरूका लागि तुलसीको खेती कम समय, कम लागत र उच्च लाभको विकल्प हो। यस्ता औषधीय वनस्पति खेती गर्न ठूलो जमीन वा ठुलो लगानी आवश्यक पर्दैन। अधिकांश औषधीय वनस्पति ३–६ महिनाभित्र तयार हुन्छन् र त्यसपछि निरन्तर आम्दानीको स्रोत बन्न सक्छन्।
विशेषज्ञहरूले भनेका छन्, “तुलसीको खेतीमा ५०–६० हजार रुपैयाँको प्रारम्भिक लगानीमा मात्र ३ महिनाभित्र ४–६ लाख रुपैयाँसम्म आम्दानी सम्भव छ।” लामो समयदेखि औषधि उद्योगहरूले तुलसीबाट तेल निकालेर विभिन्न औषधि निर्माणमा प्रयोग गर्दै आएका छन्।
तुलसी खेतीका लागि मुख्य जानकारी:
- रोपाइँ समय: चैत वा बैशाख
- खेती विधि: बीउ वा कलमी मार्फत
- बीउको आवश्यकता: एक हेक्टरका लागि करिब १० किलो
- रोग प्रतिरोधक क्षमता: सामान्य रोगले प्रभावित पार्दैन
- बिक्रीका लागि तयार हुने समय: रोपाइँपछि ८०–९० दिन
आम्दानीका स्रोत:
- बीउ उत्पादन
- एक हेक्टरबाट करिब १२०–१५० किलो बीउ उत्पादन सम्भव
- बीउको मूल्य: प्रति किलो करिब ४०० रुपैयाँ
- पातबाट तेल उत्पादन
- एक हेक्टरबाट १७०–२०० किलो तेल निकाल्न सकिन्छ (राम्रो बालीमा)
- तेलको मूल्य: प्रति किलो करिब १३ सय रुपैयाँ
विशेषज्ञहरूको मत अनुसार, “थोरै मात्र आम्दानी भए पनि एक हेक्टर क्षेत्रफलबाट ३ महिनामै ४–६ लाख रुपैयाँसम्म आम्दानी सम्भव छ।”
कम मेहनत, कम जोखिम र उच्च लाभका कारण तुलसी खेती कृषकका लागि आकर्षक व्यवसायिक विकल्प सावित भएको छ।
