देशभर बदली, केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं । मनसुनको न्यून चापीय रेखा सामान्यभन्दा दक्षिणतिर सरको छ। साथै, अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको प्रभाव नेपालमा देखिएको छ।

यसै कारण आज दिउँसो देशभर आकाश सामान्यतया बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मध्यम वर्षा हुने सम्भावना छ। बाँकी पहाडी र तराई भू–भागका थोरै स्थानमा पनि पानी पर्न सक्नेछ। विशेषगरी बागमती र सुदूरपश्चिमका एक–दुई स्थानमा भारी वर्षा हुने अनुमान गरिएको छ।

आज राति पनि देशभर सामान्यतया बदली रहनेछ। सुदूरपश्चिमका केही भागमा, बागमती, गण्डकी र लुम्बिनी प्रदेशसहितका पहाडी भू–भागमा मध्यम वर्षा हुने सम्भावना छ। तराईका केही स्थानमा समेत वर्षा हुन सक्ने बताइएको छ।

मौसमविद्हरूले यात्रा गर्दा वा बाहिर निस्कँदा विशेष सावधानी अपनाउन आग्रह गरेका छन्।

By कृषि पाटी

अरू पढ्नुहोस्