हेटौँडा । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर सरेसँगै देशभरको मौसममा बदली आएको छ। मौसम विभागले जारी गरेको पूर्वानुमान अनुसार आज दिउँसो र राति देशका विभिन्न भागमा मध्यम वर्षाको सम्भावना रहे पनि कोशी प्रदेश र बागमती प्रदेशका केही स्थानमा भारी वर्षाको चे तावनी दिइएको छ।
आज दिउँसो लुम्बिनी प्रदेश लगायत पहाडी तथा तराईका केही स्थानमा मध्यम वर्षा हुनेछ।
आज राति भने कोशी प्रदेश र मधेश प्रदेश लगायत पहाडी भेगमा साधारणतया बदली रहनेछ भने बाँकी भू(भागमा आंशिक बदलीको सम्भावना छ। राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा र अन्य प्रदेशका पहाडी भेगका थोरै स्थानहरूमा मध्यम वर्षाको अनुमान गरिएको छ।
विभागले कोशी प्रदेशको तराई क्षेत्र र बागमती प्रदेशका पहाडी क्षेत्रका एक(दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको हुँदा सतर्कता अपनाउन आग्रह गरेको छ।
