कृषि पाटी

49 Posts

सुक्खा बन्दरगाह निर्माण छिट्टै अघि बढ्छः उद्योगमन्त्री भण्डारी

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले दोधारा चाँदनीमा सुक्खा बन्दरगाह निर्माणको काम छिट्टै अघि बढ्ने बताएका छन् । दोधारा चाँदनीस्थित प्रस्तावित दोधारा चाँदनी सुक्खा बन्दरगाह निर्माणस्थलको आज निरीक्षण गर्दै उनले मन्त्रिपरिषद्को बैठकले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने मायापुरी सामुदायिक वनको जग्गा सुक्खा बन्दरगाहका लागि प्रयोग गर्न दिने निर्णय गरिसकेकाले अबको केहि महिनाभित्रै निमार्णको काम सुरु गरिने बताए ।
Read More

बाढी र पहिरोको कारण घर गुमाउनेहरुको लागि राहत

अमेरिकान्युयोर्कस्थित नेपाली चेली समाज चाँदनी क्रियशन एनवाईसीले गत असोजमा आएको बाढी र पहिरोका कारण घरबार गुमाएकामकवानपुरको इन्द्र शरोबर गाउँपालिका वडानम्बर ३ र काभ्रेको चौरी देउराली गाउँपालिका वडा ७ र ९ मा बसोबास गर्ने २२ घरपरिवारलाई घरनिर्माण गर्न जस्ता पाता सहयोग गरेको हो ।यस्तै ७५ घरपरिवारलाई कम्बल लत्ताकपडा र खाद्यान्न उपलब्ध गराईएको हो । ईन्द्र शरोबरमा शनिबार र चौरी देउरालीमा सोमबार सहयोग सामग्री हस्तान्तरण गरिएको थियो । संस्थाकी कार्यकारी निर्देशक चाँदनी योन्जन लामाले केही रकम ब्यक्तीगत, केही रकम आफन्त साथीभाईको सहयोग र तामाङसमाज समेतको सहकार्यमा जुटाउनुभएको थियो ।संस्थाकी कार्यकारी निर्देशक लामा र जिल्ला बचत सहकारी संघकी कोषाध्यक्ष एवम् समाजसेली विष्णु लामाले…
Read More

नेपाली बजारमा सुनको नयाँ रेकर्ड

नेपाली बजारमा सुनको मुल्य प्रति तोला रु १,६६,७०० पुगेको छ । सुन को मूल्य को गति ले रोकिने नाम नै नलिए पछि मंसिर मा विवाह गर्ने सोचमा भएका हरुलाई तनाव बढिरहेको छ ।
Read More

तिहारको लागि फूलको अनुमान

यस वर्षको तिहारका लागि करिब ३७ करोड बराबरको ४० लाखभन्दा धेरै फुलको मालाको demand हुने अनुमान गरिएको छ ।
Read More

अमेरिकासंग हार्यो नेपाल

अमेरिका ए विरुद्धको अभ्यास खेलमा ब्याटिङमा निकै खराब प्रदर्शन गरेको कारण अमेरिकाले ए ले नेपाललाई ४ विकेटले पराजित गरेको हो। नेपालका लागि कुशल मल्लले १८ रन, देव खनालले १२ र कप्तान रोहित पौडेलले ११ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्। अमेरिका एका लागि आरिन सुशील नाडकणरी ले ४ विकेट लिए।
Read More

कृतिम तालमा डुंगा सयरसंगै व्यवसायिक माछापालन

कोरोना भाइरसको महामारी फैलिन नदिन गरिएको बन्दाबन्दीमा खोटाङ दिक्तेल-रूपाकोट मझुवागढी नगरपालिका-११ खार्मीस्थित भङ्गेटारका २४ घरले चन्दा सङ्कलन तथा श्रमदान गरी साढे छ रोपनी जग्गामा निर्माण गरेको कृत्रिम तालमा डुङ्गा सयरसँगै व्यावसायिक माछापालन गरिएको हो।​रिचार्ज पोखरी बनाउने उद्देश्यले रु आठ लाख लगानीमा निर्माण गरिएको तालमा रमिता हेर्ने र घुमफिर गर्ने आन्तरिक तथा बाह्य पर्यटक आउन थालेपछि काठको डुङ्गा निर्माण गरेर व्यावसायिकरुपमा सञ्चालन गरिएको ताल निर्माण उपभोक्ता समितिका सचिव दीपककुमार तामाङले बताए। …sfª\;fxf]n tfnÚdf 8'ª\uf ;o/ vf]6fª, & sflts M lbQm]n ?kfsf]6 dem'jfu9L gu/kflnsf–!! vfdL{l:yt eª\u]6f/df lgdf{0f ul/Psf] …sfª\;fxf]k tfnÚdf 8'ª\uf ;o/ ub}{ cfGtl/s ko{6s . sf]/f]gf efO/; -sf]le8–!(_sf] aGbfaGbLdf eª\u]6f/sf @$…
Read More

कृषि अम्बुलेन्स , चितवनका किसानलाई राहत

इच्छाकामना गाउँपालिकाले हपनी कृषि समूहको साझेदारीमा सञ्चालन गरिरहेको कृषि एम्बुलेन्सका कारण थोरै मात्रामा सागसब्जी लिन गाडी आउन नमान्ने हुँदा त्यत्तिकै खेर जाने गरेको समस्या हट्नुको साथै दुई मुठा सागले पनि बजार पाउने गरेको र किसानलाई उत्पादित कृषि सामग्री बजारसम्म लैजान सहज भएको चेपाङले बताए। कृषि एम्बुलेन्सले टोलटोलमा पुगेर थोरैथोरै उत्पादन पनि बजारसम्म लैजाने र भाडादर पनि अन्य गाडीको भन्दा सस्तो भएको उनी बताउँछन्। कृषि एम्बुलेन्स सञ्चालनमा आएपछि यहाँका किसानलाई राहत मिलेको कृषि एम्बुलेन्स चालक स्थानीय दीपक प्रजाले बताए। उनले किसानको घरटोलमा नै पुगेर सागसब्जी सङ्कलन गरी बजारसम्म लैजाने गरेको जानकारी दिए।
Read More

धान भित्र्याउन प्रविधि आउदा किसानलाई सहज

धान पाकिसके पनि चाडबाडका कारण रोकिएका कैलाली/कञ्चनपुरका किसानहरु अहिले धमाधम काटेर भित्र्याउन हतारोमा देखिन्छन् । धान भित्र्याउने र गहुँ तथा दलहन बाली लगाउने सिजन सुरु हुन थालेको अधिकांश किसान खेतबारीमा व्यस्त छन् । पछिल्ला वर्षहरूमा कृषि क्षेत्रमा प्रविधि भित्रिएकाले धानमा पनि पहिलाको जस्तो, हातले काट्ने, हातले चुट्ने, गोरुले दाइँ गर्नुपर्ने अवस्था नभएको कैलारीकै किसान रेमन्त बोहराले बताएका छन्। बोहराले भने गाउँमा ‘नयाँ-नयाँ मेसिन भित्रिएका छन् । यसपालि त धान काट्ने र चुट्ने मेसिन पनि भित्रिदा धेरै सजिलो भएको छ ।’ खेत खनजोत गर्ने, बाली काट्ने र झार्ने जस्ता काममा आधुनिक कृषि औजारको प्रयोग बढ्न थालेपछि कृषकलाई धान खेती गर्न सहज…
Read More

बदाम उत्पादक किसानलाई प्रोत्साहन रकम दिदै हलेसी तुवाचुङ नगर

हलेसी तुवाचुङ नगरपालिकाले रैथाने बाली प्रवर्द्धन कार्यक्रमअन्तर्गत बदाम खेती प्रवर्द्धन गर्न प्रोत्साहन स्वरूप पाँच मुरी बदाम उत्पादन गर्ने किसानलाई प्रतिमुरी पाँच सय रूपैयाँका दरले दुई हजार पाँच सय रूपैयाँ र त्यसभन्दा माथि उत्पादन गर्नेलाई थप प्रतिमुरी तीन सय रूपैयाँका दरले प्रोत्साहन रकम उपलब्ध गराइने हलेसी तुवाचुङ नगरपालिकाकी प्रमुख विमला राईले बताइन् । राईले भनिन्, ‘यसै चालु आर्थिक वर्षबाट लागू हुने गरी सूचनासमेत जारी गरिसकेका छौं ।
Read More

सरकारका १०० दिन : अर्थतन्त्र अझै उद्धारको पर्खाइमा 

प्रमुख दुई दल कांग्रेस र एमाले गठबन्धनमा सरकार बनेपछि अर्थतन्त्रले गति लिने अपेक्षा गरिएता पनि सरकारको सय दिन पार गर्दा अर्थतन्त्रका सूचकहरू भने आशा जगाउने किसिमका छैनन् । यो अवधिमा सरकारले दर्जनौं प्रतिबद्धता व्यक्त गरे पनि फितलो कार्यान्वयनका कारण उपलब्धि प्राप्त हुन नसकेको सरोकारवालाहरू बताउँछन् ।
Read More