कृषि पाटी

49 Posts

ड्रागन फ्रुटसँगै सयपत्री फूलले बारी पहेँलपुर र लोभलाग्दो

मन्थली नगरपालिका–५ सुनारपानीका रामबहादुर शाहीले बनमाराले भरिएको जग्गामा खनजोत गरी सुरु गरेको ड्रागन फ्रुटसंगै गरेको सयपत्री फूलको खेतीले बारीलाई नै पहेलपुर र लोभलाग्दो बनाएको छ।
Read More

बाढीपहिरोले कृषिमा करिब ६ अर्ब बराबरको क्षती

कृषिपाटी सम्बादाता : जस्को कोहि हुदैन उस्को भगवान पनि हुदैन भनेजस्तै बाढी , पहिरो,भुकम्प जस्ता प्राकृतिक बिपत्तीले सबभन्दा धेरै पीडा गरिब,किसान र मजदुरहरुलाइ दिने गरेको छ । यसैबिच भर्खर हाम्रो देशमा गएको बाढी, पहिरो र डुबानका कारण बाली तथा पशुपन्छी क्षेत्रमा करिब ६ अर्ब रुपैयाँ बराबरको क्षति भएको छ । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले सार्वजनिक गरेको प्रारम्भिक क्षतिको विवरणअनुसार पाँच अर्ब ८३ करोड रुपैयाँ बराबरको क्षति भएको देखिएको छ ।अविरल वर्षाले बाढी, पहिरो र डुबानका कारण बाली, पशुपन्छी तथा मत्स्य उत्पादन, खेतीयोग्य जमिन, कृषिसम्बन्धी पूर्वाधार, आपूर्ति श्रृंखला साथै अन्य क्षेत्रमा ठूलो क्षति भएको मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार सप्तरी,…
Read More

कोरिया जाने कामदारका लागि सबै सेक्टरका एकै पटक आवेदन आह्वान गरिने

सन् २०२५ देखि कोरियाले लैजाने सबै क्षेत्र (सेक्टर)का लागि एकै पटक आवेदन आह्वान गर्ने भएको छ । हाल कोरियामा विभिन्न चार क्षेत्रमा काम गर्न नेपाली कामदार जाने गरेका छन् । त्यसका लागि फरकफरक समयमा आवेदन आह्वान गर्ने गरिएको छ । जसले गर्दा कोरियन भाषा पढेर कोरिया जान तयार रहेकाहरूले सबै क्षेत्रमा आवेदन दिने गरेका छन् । अब भने वर्षको एक पटक सबै क्षेत्रका लागि आवेदन आह्वान गर्न लागिएको निर्देशक कँडेलले बताइन् । ‘कृषितर्फ, सिप बिल्डिङ, उत्पादनमूलक तथा सर्भिस क्षेत्र सबैका लागि एकै पटक आवेदन आह्वान गरिनेछ । कोरियाले कति कामदार लैजाने हो, त्यो कोटा एकै पटक दियो भने त्यही आधारमा…
Read More
कडा मौसमले मङ्गोलियामा २१ लाख पशु मरे

कडा मौसमले मङ्गोलियामा २१ लाख पशु मरे

जुड’ नामक अत्यधिक चिसोले मङ्गोलियामा यो जाडो मौसममा अहिलेसम्म २१ लाखभन्दा बढी पशु मरेको राज्य आपत्कालीन आयोग (एसइसी) ले मङ्गलबार बताएको छ । “आजसम्म मुलुकभर जुडका कारण कम्तीमा २१ लाख ३६ हजार पाँच सय तीन पशु मरेका छन्”, एजेन्सीले भनेको छ । उक्त आँकडा अघिल्लो वर्षको तुलनामा ८५ प्रतिशतले बढी हो । जुड अत्यधिक चिसो अर्थ दिने मङ्गोलियाली शब्द हो । अत्यधिक चिसोले जमिन जमेको वा हिउँले ढाकिएका कारण ठूलो सङ्ख्यामा पशु मर्ने गर्छन् । मुलुकको मौसम अनुगमन एजेन्सीका अनुसार मङ्गोलियामा यो वर्षको जाडोमा सामान्यभन्दा धेरै हिमपात भएको छ । मुलुकको ८० प्रतिशतभन्दा धेरै भूभाग अहिलेसम्म एक सय सेन्टिमिटरसम्म बाक्लो…
Read More
बागलुङमा कोदोलाई ‘ब्रान्डिङ’ गर्दै त्यसको पिठोबाट बिस्कुट उत्पादन, अब आलुको बिस्कुट निकाल्ने योजना

बागलुङमा कोदोलाई ‘ब्रान्डिङ’ गर्दै त्यसको पिठोबाट बिस्कुट उत्पादन, अब आलुको बिस्कुट निकाल्ने योजना

गाउँमै उद्यम गरेर स्वरोजगार बन्नका लागि सात वर्षदेखि कोदोको बिस्कुट बनाउने विषयमा अध्ययन तथा अनुसन्धानपछि उनले कादोको बिस्कुट उत्पादनमा सफलता हासिल गरेका हुन् । विस २०७७ मा सो उद्योग स्थापना भएको थियो ।   लामो समयदेखि आलु, कोदो, जौ र मकैको बिस्कुट बनाउनका लागि अध्ययनपश्चात् पहिलो चरणमा कोदोको बिस्कुट उत्पादन गरेको युवा व्यवसायी श्रीसले जानकारी दिए । कोदोपछि आलुको बिस्कुट बजारमा पठाउने उनको योजना रहेको छ ।  “जागीरको मानसिकता थिएन, पाँच वर्ष काठमाडौँमा रेष्टुराँ व्यवसाय गरे, पढाइमा स्नातक सके पनि जागीर खाइन, कोरोनाकालमा गाउँ फर्केपछि रेष्टुराँ बन्द भयो, यही उद्योगमा लागे”, उनले भने, “रु ५० लाख लगानीमा कोदोको बिस्कुट बजारमा पुर्याएको…
Read More
बकैयालाई मौरीपालन पकेट क्षेत्रको रुपमा विकास गर्ने तयारीमा गाउँपालिका रोजगारी देश विकासको आधारः मन्त्री चित्रकार

बकैयालाई मौरीपालन पकेट क्षेत्रको रुपमा विकास गर्ने तयारीमा गाउँपालिका रोजगारी देश विकासको आधारः मन्त्री चित्रकार

मकवानपुर/कृषि क्षेत्रको विकासलाई प्रागथमिकता दिँदै आएको मकवानपुरको बकैया गाउँपालिकाले पालिकालाई मौरीपालन पकेट क्षेत्रको रुपमा विकास गर्ने तयारी थालेको छ ।पालिकाले अध्ययनपछि मौरीपालनको सम्भावना रहेको क्षेत्रका किसानलाई मौरीको घार वितरण गरेको छ । बकैया गाउँपालिकाले वडा नं. ११ स्थित आहालेमा आइतबार आयोजित कार्यक्रममा पालिकाको वडा नं. १०, ११ र १२ किसानलाई १३३ वटा मौरीको घार वितरण गरेको हो । गाउँपालिकाले यसअघि वडा नंं. ११ र १२ का किसानलाई लक्षित गरी एक हप्ते मौरीपालन सम्बन्धी तालिम दिएर मौरी घार वितरण गरेको हो । पालिकाले सेरेना जातको मौरीपालनको लागि ६ लाख ६५ हजार रुपियाँ बराबरको मौरी घार वितरण गरेको छ ।मौरी घार किसानलाई…
Read More
मनहरी पालिकाले आफ्नै लगानीमा कोल्ड स्टोर निर्माण गर्दै अध्यक्ष/ उपाध्यक्षद्वारा शिलान्यास

मनहरी पालिकाले आफ्नै लगानीमा कोल्ड स्टोर निर्माण गर्दै अध्यक्ष/ उपाध्यक्षद्वारा शिलान्यास

मनहरी गाउँपालिकाले आफ्नै लगानीमा कोल्ड स्टोर निर्माण गर्ने भएको हो । आईतबार एक कार्यक्रमका बिच मनहरी गाउँपालिका अध्यक्ष रन्जन कालाखेती र उपाध्यक्ष सीता पुलामी मगर ( रेखा)ले संयुक्त रुपमा कोल्ड स्टोर भवनको शिलान्यास गर्नुभएको हो । मनहरी गाउँपालिका वडा नम्बर ३ ढेडुवा खोला क्षेत्रमा निर्माण हुन लागेको कोल्ड स्टोर गाउँपालिकाको गौरबको योजनाको रुपमा रहेकोछ । गाउँपालिकाको गत आर्थिक बर्ष २०७९/०८० मै आन्तरिक श्रोतबाट खर्च हुनेगरी १० करोड रुपैयाँ बजेट बिनियोजित गरिएको थियो । जसमा ६ करोड २८ लाखमा निर्माण कार्य सम्पन्न गर्ने गरि नमोबुद्ध हिमालयन जे. भि निर्माण सेवा प्रा.लि. काठमाण्डौले ठेक्का पारेको थियो । निर्माण ब्याबसायी कम्पनीसंग २०८० माघ…
Read More
बाघ मारेर गाडेको अवस्थामा भेटियो

बाघ मारेर गाडेको अवस्थामा भेटियो

नवलपरासी (बर्दघाट सुस्तापूर्व) को मध्यविन्दु नगरपालिकामा एउटा बाघ मारेर जमिनमा गाडेको अवस्थामा फेला परेको छ। मध्यविन्दु नगरपालिका–१५ स्थित नवदुर्गा सामुदायिक वनमा एउटा भाले बाघ मृत फेला परेको चोरमारा रेञ्ज पोष्टका वन अधिकृत दुर्गादत्त कंडेलले जानकारी दिए। ‘रोयल बेङ्गल टाइगर प्रजातिको भाले वयस्क पाटे बाघ गाडेको अवस्थामा पूर्वपश्चिम राजमार्गदेखि पाँच सय मिटर दक्षिण जङ्गलमा भेटिएको हो’, उनले भने, ‘स्थानीयले बाघ गाडेको अवस्थामा फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए।’ यसअघि यही फागुन ४ गते मध्यविन्दु नगरपालिका–१० अरुणखोला जङ्गल क्षेत्रमा भाले प्रजातिको पाटे बाघ मृत अवस्थामा फेला परेको थियो। आठ दिनको अन्तरमा सोही जङ्गल क्षेत्रमा अर्को पाटे बाघ मृत फेला परेको हो।
Read More
कृषि र कृषकको समस्या समाधानका लागि रुपान्तरणकारी परियोजना ल्याउँदै नार्क 

कृषि र कृषकको समस्या समाधानका लागि रुपान्तरणकारी परियोजना ल्याउँदै नार्क 

काठमाडौं । नेपाल कृषि अनुसन्धान परिषद (नार्क) ले आर्थिक बर्ष २०८१/८२ का लागि रुपान्तरणकारी परियोजनाहरु ल्याउँने तयारीमा जुटेको छ । नेपालको कृषि अनुसन्धानमा अग्रणी संस्थाको रुपमा स्थापित नार्कले मुलुकको कृषि क्षेत्रका केही ज्वलन्त समस्याहरुलाई सम्बोधन गरी समाधान गर्ने प्रविधि विकास गर्न बिभिन्न परियोजना निर्माण गर्दै अगामी आर्थिक बर्षदेखि लागू गर्ने आन्तरिक तयारीमा जुटेको छ ।  सरकारले निर्दिष्ट गरेको चैते धान लगायतका बालीहरुको क्षेत्र विस्तार गर्ने उद्देश्यमा सघाउ पुर्याउन गुणस्तरीय प्रजनन र मूल बीउ उत्पादनको वृहत् परियोजना लागू गरी वीउको माग पूरा गर्ने तयारी नार्कको रहेको छ । यसैगरि मकै र गहुँका उन्नत प्रविधि विकास र विस्तारको योजना पनि लागू गरी…
Read More