अफ द बिट

प्रधानमन्त्री सुशीला कार्कीले आज राष्ट्रका नाममा सम्बोधन गर्ने

प्रधानमन्त्री सुशीला कार्कीले आज राष्ट्रका नाममा सम्बोधन गर्ने

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आज बिहीबार राष्ट्रका नाममा सम्बोधन गर्नुहुने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार बिहीबार दिउँसो ४ः०० बजे मन्त्रिपरिषद्को बैठक बस्ने र साँझ ६ः०० बजे प्रधानमन्त्री कार्कीले राष्ट्रका नाममा सम्बोधन गर्नुहुने कार्यतालिका तय भएको छ । ‘जेनजी’ आन्दोलनपछि गठित अन्तरिम सरकारको नेतृत्व गर्नुभएकी प्रधानमन्त्री कार्कीले पहिलो पटक राष्ट्रका नाममा सम्बोधन गर्न लाग्नुभएको हो । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको जगमा अन्तरिम सरकार गठन भएको थियो । २०८२ भदौ २७ गते पूर्वप्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री पदमा नियुक्त हुनुभएको थियो । प्रधानमन्त्री कार्की नेतृत्वको अन्तरिम सरकारले प्रतिनिधिसभा विघटन गरी आगामी फागुन २१ गते निर्वाचनको…
Read More
देशभर आंशिक बदली, कतिपय स्थानमा वर्षाको सम्भावना

देशभर आंशिक बदली, कतिपय स्थानमा वर्षाको सम्भावना

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले सोमबार, आश्विन ६ गतेको लागि जारी गरेको मौसम पूर्वानुमानअनुसार देशभर आंशिकदेखि सामान्य बदली रहने देखिएको छ। मनसुन कमजोर भए पनि स्थानीय वायुको प्रभावले मौसममा परिवर्तन देखिएको हो। दिउँसो कोशी प्रदेशसहित देशका अन्य पहाडी भूभागमा सामान्यतया बादल लाग्ने अनुमान गरिएको छ भने बाँकी भूभागमा आंशिक बदली मात्र रहने सम्भावना छ। विशेषगरी कोशी प्रदेशका केही स्थान, अन्य पहाडी क्षेत्रका थोरै स्थान र तराईका केही ठाउँमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने विभागले जनाएको छ। राति कोशी प्रदेश र अन्य पहाडी भूभागमा आंशिक बदली रहनेछ भने बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने सम्भावना छ। तर, कोशी,…
Read More
भीमफेदी कारागारबाट भागेका ५७ कैदीबन्दी स्वेच्छाले फर्किए

भीमफेदी कारागारबाट भागेका ५७ कैदीबन्दी स्वेच्छाले फर्किए

मकवानपुर - मकवानपुरको भीमफेदी कारागारबाट जेनजी आन्दोलनको अवसर पारेर भागेका कैदीमध्ये ५७ जनाले स्वेच्छाले पुनः कारागार फिर्ता आएका छन्। कारागार प्रमुख सुवास पौडेलका अनुसार भागेका कैदीमध्ये केहीलाई सुरक्षाकर्मीहरूले पक्राउ गरेका छन् भने केही आफैं सम्पर्कमा आएका हुन्। भदौ २४ गते कारागारको ‘क’ र ‘ख’ ब्लकमा राखिएका ४४० जना कैदीबन्दी पर्खाल भत्काएर फरार भएका थिए। शुक्रबार साँझसम्मको विवरणअनुसार नेपाली सेना, जनपथ प्रहरी र सशस्त्र प्रहरीको सहयोगमा १८६ जना कैदीबन्दी पुनः नियन्त्रणमा आइसकेका छन्। कुल १ हजार ६६ जनाको क्षमता भएको कारागारमा अहिले ८६१ जना मात्र रहेका छन्।
Read More
आज चार प्रदेशमा वर्षाको सम्भावना

आज चार प्रदेशमा वर्षाको सम्भावना

काठमाडौँ । हाल मनसुनको न्यूनचापीय रेखा पश्चिमतर्फ सामान्यभन्दा अलि दक्षिणतिर र पूर्वतर्फ सामान्य स्थानकै आसपास रहँदा यसको प्रभाव नेपालभर देखिएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशका धेरै भागमा बदली रहने र कतिपय स्थानमा वर्षा हुने सम्भावना छ। दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा सामान्यतया बदली रहनेछ भने तराईका अधिकांश भूभागमा आंशिक बदली मात्र रहने विभागले जनाएको छ। वर्षाको हिसाबले हेर्दा कोशी र बागमती प्रदेशका केही स्थानमा मध्यम वर्षा पर्न सक्ने देखिएको छ। त्यस्तै, मधेश र गण्डकी प्रदेशका केही स्थानमा पनि मध्यम वर्षा हुने अनुमान छ। अन्य पहाडी भूभागका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा पर्न सक्ने सम्भावना…
Read More
पुसभित्रै संसद् भवनको काम सम्पन्न गरौँँः मन्त्री घिसिङ

पुसभित्रै संसद् भवनको काम सम्पन्न गरौँँः मन्त्री घिसिङ

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार र सहरी विकासमन्त्री कुलमान घिसिङले सिंहदरबार परिसरमा निर्माणाधीन सङ्घीय संसद् भवन जसरी पनि आगामी पुसभित्रै सम्पन्न गर्नुपर्ने बताउनुभएको छ । सहरी विकास मन्त्रालयका सचिव गोपाल सिग्देल, विशेष भवन निर्माण आयोजना तथा समन्वय कार्यालय, आयोजनाका परामर्शदाता र निर्माण व्यवसायीसँग आज भवन निर्माणबारे छलफल गर्दै उहाँले पुसमै निर्माणसम्पन्न गर्नेगरी काम अगाडि बढाउन निर्देशन दिनुभएको हो । “जेनजी आन्दोलनका क्रममा बानेश्वरस्थित संसद् भवनमा ठूलो क्षति पुर्याइएपछि हाल संसद् भवन नै छैन । त्यसैले अब यो या त्यो बहानामा काममा ढिलाइ गर्नुहुँदैन, यसमा सबै पक्ष गम्भीर भएर परिचालित भई समय अगावै कार्यसम्पन्न गर्नुपर्छ”, मन्त्री घिसिङले भन्नुभयो…
Read More
आज केही स्थानमा भारी वर्षाको सम्भावना

आज केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागका अनुसार, हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित रहेको छ, जसको प्रभावले देशभरको मौसममा बदली आएको छ।आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ। कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भू-भागका केही स्थानहरूमा र बाँकी भू(भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। विशेषगरी, कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भू-भागका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको विभागले जनाएको छ। आज राती कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत देशका बाँकी पहाडी भू-भागमा सामान्यतया बदली रहनेछ। बाँकी…
Read More
मकवानपुरमा दिउँसो निषेधाज्ञा, राति कर्फ्यु लागू

मकवानपुरमा दिउँसो निषेधाज्ञा, राति कर्फ्यु लागू

हेटौँडा । जिल्ला प्रशासन कार्यालय मकवानपुरले जिल्लामा सुरक्षा चुनौतीलाई ध्यानमा राख्दै नयाँ आदेश जारी गरेको छ। बिहीबार सार्वजनिक सूचनाअनुसार अब जिल्लामा दिउँसो निषेधाज्ञा र राति कर्फ्यु लागु हुने भएको छ। प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठद्वारा हस्ताक्षरित आदेशअनुसार, राति बेलुकी ७ बजेदेखि बिहान ६ बजेसम्म कर्फ्यु रहनेछ। यस अवधिमा अत्यावश्यक बाहेक कुनै पनि किसिमको हिँडडुल वा आवतजावत पूर्णतः निषेध गरिएको छ। त्यस्तै, दिउँसो बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म निषेधाज्ञा जारी हुनेछ। यस समयमा अनावश्यक भीडभाड, सभा वा जमघट गर्न पाइने छैन। तर नागरिकको सहजताका लागि प्रशासनले बिहान ६ बजेदेखि १० बजेसम्म र बेलुकी ५ बजेदेखि ७ बजेसम्म अत्यावश्यक आवतजावत गर्न…
Read More
‘कुट्की’ को औषधीय महत्व

‘कुट्की’ को औषधीय महत्व

पातको किनारा करौँतीको धारझैँ काटिएको जस्तो हुने यो वनस्पती ४५०० मिटरसम्मको उचाइमा पाइन्छ । यसको जराको बोक्रा बाक्लो र चाउरिएर पत्रपत्र परेको हुन्छ । यसको भित्री भाग नरम हुन्छ । यसको फूलको रङ्ग फिक्का निलो प्याजी हुन्छ । यो विरुवा रोपिएको ३र४ वर्ष पुगेपछि जराहरुलाई निकालेर पानीमा पखाल्ने र घाममा सुकाई हावा नपस्ने गरी बोरामा हाली राख्ने र यसको आवश्यक मात्रालाई कुटेर कपडामा छान्ने अनि ४र५ ग्राम धुलोमा मह मिलाएर तातो पानी वा दूधसँग बिहान बेलुका दिनको दुई पटक खानाले हृदय जलन, पाचनसम्बन्धी रोग, पित्त, उदरशूल, अजीर्ण ९पेट ढुस्स हुने० रोग, दिसा गोटा पर्ने, छालाको रोग, विशेषतः दाद रोग, श्वाससम्बन्धी…
Read More
सुनको मूल्य २ लाख ५ हजार ९०० पुग्यो

सुनको मूल्य २ लाख ५ हजार ९०० पुग्यो

काठमाडौँ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै नेपाली बजारमा पनि यसको सीधा प्रभाव परेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज (मंगलबार) सुनको मूल्य प्रतितोला रु २,०५,९०० कायम भएको छ । यो अहिलेसम्मकै उच्च मूल्य मानिएको छ । यसअघि सोमबार सुन प्रतितोला रु २,०५,३०० मा कारोबार भएको थियो । आज भने प्रतितोला रु ६०० ले बढेर नयाँ उच्चतामा पुगेको हो । त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला रु १५ ले वृद्धि भई रु २,४८५ पुगेको महासङ्घले जनाएको छ । महासङ्घका पूर्वअध्यक्ष माणिकरत्न शाक्यका अनुसार नेपालमा उपभोक्ताको मागका कारण नभई विश्व राजनीति र अर्थतन्त्रमा आएको अस्थिरताले सुनको मूल्यमा निरन्तर वृद्धि भएको…
Read More
“पिरो मात्र होइन, स्वास्थ्यको लागि अमृत : अकबरे खुर्सानी”

“पिरो मात्र होइन, स्वास्थ्यको लागि अमृत : अकबरे खुर्सानी”

अकबरे खुर्सानी (जसलाई Dalle Khursani पनि भनिन्छ) सानो आकारको भए पनि अत्यन्त पिरो र औषधीय गुणले भरिपूर्ण हुन्छ। यसलाई "King of Chilies" पनि भनिन्छ। अकबरे खुर्सानीका प्रमुख फाइदाहरू पाचन सुधार गर्छ पेटमा रस बढाउँछ, भोक बढाउँछ र अपच कम गर्छ। प्रतिरक्षा शक्ति बलियो बनाउँछ भिटामिन C प्रचुर मात्रामा हुने भएकाले शरीरलाई रोगसँग लड्न सक्षम बनाउँछ। रगत सञ्चार सुधार Capsaicin नामक तत्वले रगतको प्रवाह राम्रो पार्छ र मुटुको स्वास्थ्यमा फाइदा पुर्‍याउँछ। तौल नियन्त्रणमा सहयोगी क्यालोरी जलाउन मद्दत गर्छ, तौल घटाउने प्रयासमा फाइदा दिन्छ। थकाइ र दुखाइ कम गर्छ Capsaicin ले शरीरको दुखाइ कम गर्ने गुण हुन्छ, यसै कारण धेरै pain relief…
Read More