कृषि अर्थतन्त्र

जुम्लामा स्याउको बिक्रि धमाधम

जुम्लामा स्याउको बिक्रि धमाधम

अहिले जुम्लामा स्याउ को बिक्रि तिब्र रुपमा भैरहेको छ। जुम्लाबाट यस बर्षमा अहिले सम्म मात्र पनि रु ६१ करोड बराबरको स्याउ बिक्रि भैसकेको छ । जुम्ला को स्याउ रसिलो र मिठो हुने हुदाँ जुम्लाको स्याउ धेरै बिक्रि हुने गरेको पाईन्छ।
Read More

नेपालको ऋण करिब २६ खर्ब पुग्यो

कार्तिक, १,२०८१(१७ अक्टोबर २०२४) सम्ममा नेपालको कुल ऋण करिब २६ खर्ब रुपैयाँ पुगेको छ, जसको असर प्रत्येक नेपाली नागरिकलाई लगभग ८६ हजार रुपैयाँ बराबर पर्न आउँछ। विकास र पुनर्निर्माणका योजनाहरूले यो ऋण अझै बढ्दै गएको छ।
Read More

प्लास्टिक को मालाको प्रयोगले फुलको मागमा कमि

अहिले तिहारको समयमा फुलको माला भन्दा पनि प्लास्टिक को माला को प्रगोय बढ्दै जादा फुलको मागमा कमि आएको छ भने फुल खेति गर्ने हरुलाई फुल को माला बिक्रि गर्न कठिन हुनुका साथै फुलको मूल्य कम पाउदा किसानहरुको लगानी पनि उठ्न मुस्किल भैरहेको छ।
Read More

नेपालको विपद् व्यवस्थापनमा विश्व बैंकले १५० मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण दिने

नेपालको विपद् व्यवस्थापन गर्न विश्व बैंकले नेपाल सरकारलाई १५० मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण सहायता दिने भएको छ ।बैंकको केन्द्रीय कार्यालयमा अर्थ सचिव डा. रामप्रसाद घिमिरे र बैंकका नेपाल, माल्दिभ्स र श्रीलंका हेर्ने कन्ट्री डाइरेक्टर डेभिड सिस्लनले सहायता परिचालन सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । बजेटरी सहायताको रुपमा उपयोग हुने उक्त रकम विपद पुनर्स्थापना, पुनरोत्थान र पुनर्निर्माणमा उपयोग हुनेछ । सम्झौता हस्ताक्षरमा नेपालका उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल पनि सहभागी थिए अर्थमन्त्री पौडेल विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा सहभागी हुन अमेरिकामा छन् । सोही सिलसिलामा दक्षिण एसिया क्षेत्रका गभर्नरहरुको संयुक्त बैठकमा सहभागी भएका थिए ।अर्थमन्त्री…
Read More

बदाम उत्पादक किसानलाई प्रोत्साहन रकम दिदै हलेसी तुवाचुङ नगर

हलेसी तुवाचुङ नगरपालिकाले रैथाने बाली प्रवर्द्धन कार्यक्रमअन्तर्गत बदाम खेती प्रवर्द्धन गर्न प्रोत्साहन स्वरूप पाँच मुरी बदाम उत्पादन गर्ने किसानलाई प्रतिमुरी पाँच सय रूपैयाँका दरले दुई हजार पाँच सय रूपैयाँ र त्यसभन्दा माथि उत्पादन गर्नेलाई थप प्रतिमुरी तीन सय रूपैयाँका दरले प्रोत्साहन रकम उपलब्ध गराइने हलेसी तुवाचुङ नगरपालिकाकी प्रमुख विमला राईले बताइन् । राईले भनिन्, ‘यसै चालु आर्थिक वर्षबाट लागू हुने गरी सूचनासमेत जारी गरिसकेका छौं ।
Read More

५० रुपैयाँले बढ्यो हरियो लसुनको मूल्य

समिति ले सार्बजनिक गरेको मुल्यासुची अनुसार आज नेपाली बजार मा हरियो लसुन को मूल्य प्रति किलो ५० रुपैयाँ को दर ले बृधि भै प्रति किलो ३०० रुपैयाँमा कारोबार भैरहेको छ। अन्य तरकारी तथा फलफुल मा भने सामान्य घटबढ भएको छ।
Read More

बाढी पीडितलाई आयल निगमको तीन करोड सहयोग

नेपाल आयल निगमले अविरल वर्षासँगै गएको बाढी पहिरोबाट पीडित भएकाहरूका लागि प्रधानमन्त्री दैवी प्रकोप राहत तथा उद्धार कोषमा तिन करोड रकमको चेक निगमका कार्यकारी निर्देशक डा. चण्डिका भट्टले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आइतबार हस्तान्तरण गर्दै सहयोग गरेको छ। सो क्रममा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र सञ्चालक समितिका अध्यक्ष समेत रहेका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव र निगम सञ्चालक समितिका सदस्यहरूको समेत उपस्थिति थियो । निगम सञ्चालक समितिको सो बराबरको रकम हस्तान्तर गर्ने निर्णय बमोजिम उक्त रकम हस्तान्तरण गरिएको निगमका प्रवक्ता पूर्ण रिजालले जानकारी दिए ।
Read More

मखमली फूल र मालाको माग घटे संगै गुण्डुवासी निरास

धेरै पनि परेको कारण ले फुल धेरै राम्रो नभएको र पुस्ताले चासो नदेखाउने र वृद्धवृद्धाले काम गर्न नसक्दा गुण्डुमा फूलको उब्जनी नै मासिने सम्भावना उच्च रहेको छ। फूलको व्यापार क्रमशः वर्षेनी घट्दै जादा यस वर्ष विगतको तुलनामा फूलको उत्पादन कम भएको र बजार पनि नरहेको किसानको गुनासो छ । विचौलियाकाकारण किसानसँग व्यापारीहरुको भेट नहुने र विचौलियाले बाटोबाटै व्यापारीहरुलाई फर्काइदिने गरेको किसान बताउँछन् । सरकारले पनि उन्नत प्रकारको बीउबिजन दिन नसक्नु का साथै आयातित फूलले बजार लिँदा देशका किसानले लगाएको फूल बिक्री हुन छोडेको गुनासो उनीहरुको छ ।
Read More

प्रभावकारी बनेन लुम्बिनीको कृषि स्मार्ट कार्यक्रम

पाल्पाको रम्भा गाउँपालिका–१ हुँगीमा सञ्चालित ‘हुँगी स्मार्ट कृषि कार्यक्रम’ लाइ चार वर्षसम्म निरन्तरता पाए पनि उपलब्धिमूलक र उल्लेख्य काम गर्न नसकिएको र चार वर्षमा गाउँमा सिँचाइ कुलो निर्माण भएको तर पूर्ण रूपमा काम हुन नसकेको कार्यक्रम संयोजक केदार बस्याल बताउँछन् । पहिलो–दोस्रो वर्ष धानको बीउ उत्पादन भएको तर बिक्रीमा समस्या आएपछि उत्पादन वृद्धि गर्न नसक्दा मुख्य विषय बजारीकरण गर्न नसकिएको उनले जनाएका छन् ।
Read More