कृषि अर्थतन्त्र

दसैँअघि नै अनुदान रकम पाउनुपर्ने उखु किसानको माग

दसैँअघि नै अनुदान रकम पाउनुपर्ने उखु किसानको माग

पश्चिम नवलपरासी । मुलुकभरका उखु किसानले सरकारसँगको सम्झौताअनुसारको अनुदान रकम दसैँअघि नै पाउनुपर्ने माग गरेका छन् । सरकारले यसअघि नै रकम उपलब्ध गराउने प्रतिबद्धता जनाए पनि अहिलेसम्म किसानले उक्त रकम नपाएपछि उनीहरू चिन्तित बनेका हुन् । देशभरका किसानले आर्थिक वर्ष २०८१—८२ को अनुदान रकम एक अर्ब ६० करोड रुपियाँ अनुदान भुक्तानी पाउन बाँकी छ । उखु उत्पादक महासङ्घका प्रवक्ता एवम् पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेशचन्द्र यादवले विज्ञप्ति जारी गर्दै दसैँ अगाडि रकम नपाएमा दसैँलगत्तै सडक सङ्घर्षमा उत्रने चेतावनी दिएका छन् । यसअघि भदौ ८ देखि १३ गतेसम्मको आन्दोलनपछि सरकारले तत्कालै अनुदान रकम दिने आश्वासन दिएको थियो । गत वर्ष…
Read More
अलैँचीको बजार भाउमा गिरावट

अलैँचीको बजार भाउमा गिरावट

झापा । नगदे बाली अलैँचीको बजार भाउमा गिरावट आएको छ । नेपाल अलैँची व्यवसायी महासङ्घका केन्द्रीय अध्यक्ष दीपक नेपालले प्रमुख व्यापारिक केन्द्र विर्तामोडमा आज अलैँची प्रतिमन ९४० किलो० विभिन्न ग्रेडअनुसार रु ८१ हजारदेखि रु ९२ हजारसम्ममा बिक्री भइरहेको बताउनुभयो । सबैभन्दा राम्रो गुणस्तरको अलँैचीलाई ‘बोल्ड’ भनिन्छ । उहाँका अनुसार ‘बोल्ड’ अलैँचीको अहिलेको बजार भाउ प्रतिमन रु ९२ हजार रहेको छ । सामान्य गुणस्तरको अलैँची ‘चालु’ भनेर चिनिन्छ । जसको भाउ प्रतिमन रु ८१ हजार रहेको छ । मध्यम गुणस्तर अर्थात् ‘जेजे’ भनेर चिनिने अलैँचीको भाउ प्रतिमन रु ८४ हजार रहेको अध्यक्ष नेपालले जानकारी दिनुभयो । भदौ पहिलो साता अलैँचीको बजार…
Read More
कालीमाटीमा तरकारी थन्कियो

कालीमाटीमा तरकारी थन्कियो

काठमाडौं । देशकै ठूलो तरकारी बजार कालीमाटीमा यसपटक तरकारी थन्किन पुगेको छ। ‘जेनजी’ युवाको आन्दोलनका कारण मंगलबार बिहानैदेखि बजार वरिपरि अशान्ति सिर्जना भएपछि तरकारी बिक्री हुन पाएन। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार दैनिक झैँ करिब ६ सय मेट्रिक टन तरकारी उपत्यकाबाहिरबाट ल्याइएको थियो। तर सोमबार रातिदेखि मंगलबार बिहानसम्म भित्र्याइएका तरकारी साना बजारतर्फ पठाउनै नपाई थन्किएका हुन्। बजार क्षेत्रमा कफ्र्यु लागेपछि व्यापारीले पसल खोल्न सकेनन्। बजारमा पर्याप्त तरकारी भए पनि बेच्ने वातावरण नबनेको कालीमाटी थोक व्यापारी संघका अध्यक्ष गीताप्रसाद आचार्यले बताए।
Read More
सिन्धुलीमा तीन करोडभन्दा बढीको कृषि कार्यक्रम सार्वजनिक

सिन्धुलीमा तीन करोडभन्दा बढीको कृषि कार्यक्रम सार्वजनिक

सिन्धुलीमाढी । यस वर्ष सिन्धुलीका कृषकलाई लक्षित गर्दै तीन करोड रुपैयाँभन्दा बढीको कृषि कार्यक्रम सञ्चालन हुने भएको छ। कृषि विकास कार्यालय सिन्धुलीले चालु आर्थिक वर्ष २०८२/०८३ का लागि पूँजीगत तर्फमा तीन करोड २२ लाख ४० हजार रुपैयाँ बराबरको कार्यक्रम सार्वजनिक गरेको हो। कार्यालयका अनुसार बागमती प्रदेश सरकार र संघीय सरकारको सहकार्यमा कृषक समूह, सहकारी संस्था, निजी कृषि फर्म र कार्यालय आफैंले विभिन्न साझेदारी कार्यक्रम अघि बढाउने तयारी भइरहेको छ। ‘एक वडा, एक उत्पादन’ अवधारणाअन्तर्गत सुनकोसी गाउँपालिका–५ र फिक्कल गाउँपालिका–५ मा तरकारी खेती विस्तार गरिनेछ। त्यस्तै, कृषि विकास उद्यमशीलता विकास कार्यक्रम अन्तर्गत साझेदारलाई बढीमा दुई लाख रुपैयाँसम्म अनुदान उपलब्ध गराइनेछ। फलफूल,…
Read More
सीमावर्ती क्षेत्रमा बर्डफ्लुको उच्च जोखिम

सीमावर्ती क्षेत्रमा बर्डफ्लुको उच्च जोखिम

कञ्चनपुर । भारतको उत्तराखण्डमा बर्डफ्लु पुष्टि भएपछि कञ्चनपुर जिल्लामा उच्च सतर्कता अपनाइएको छ। सीमा नजिकै रोग देखिएपछि नेपालतर्फ संक्रमण फैलिन नदिन जिल्लास्तरीय बर्डफ्लु नियन्त्रण समिति सक्रिय बनेको हो। जिल्ला भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख श्याम खड्काका अनुसार दोधाराचाँदनी, बेलौरी, पुनर्वास, भीमदत्त नगरपालिका र बेलडाँडी गाउँपालिकामा सचेतनामूलक कार्यक्रम सञ्चालन भइरहेको छ। पन्छी तथा पन्छीजन्य उत्पादनको अवैध आयात रोक्न सुरक्षाकर्मी सहितको टोलीले आकस्मिक अनुगमन सुरु गरेको छ। “भारतबाट सस्तो मूल्यका कारण अवैध रूपमा कुखुरा नेपाल भित्रिने क्रम बढेकाले जोखिम थपिएको छ,” खड्काले बताए। उनका अनुसार संक्रमण फैलिएमा पूरै क्षेत्रमा रहेका कुखुरा नष्ट गर्नुपर्ने बाध्यता आउन सक्छ। त्यसैले किसानलाई लक्षण…
Read More
भारतीय केराको आयात रोक्न नवलपरासीका किसानको आग्रह

भारतीय केराको आयात रोक्न नवलपरासीका किसानको आग्रह

भदौ १८, नवलपरासी । पश्चिम नवलपरासीका केरा उत्पादक किसानले भारतबाट हुने केरा आयात तत्काल रोक्न माग गरेका छन् । उनीहरूले आफ्ना उत्पादन बजारमा खपत नहुँदा लागत समेत नउठ्ने चिन्ता व्यक्त गर्दै स्थानीय प्रशासनसमक्ष ध्यानाकर्षण गराएका हुन् । आज प्रमुख जिल्ला अधिकारी हीरालाल रेग्मीलाई ज्ञापनपत्र बुझाएका किसानले आन्तरिक उत्पादनले नै पर्याप्त मात्रामा माग धान्ने भएकाले भारतीय केरा भित्रन नदिन आग्रह गरेका छन् । केरा उत्पादक सङ्घ नवलपरासीका अध्यक्ष लख्खु यादवका अनुसार हाल खेतमै पाकेर नष्ट हुन थालेपछि किसानहरूको ठूलो लगानी संकटमा परेको छ । गत वर्ष प्रतिदर्जन ४५ रुपियाँसम्ममा बिक्री भएको केरा यस वर्ष २० रुपियाँमै बजार नपाएको किसानहरूको गुनासो छ…
Read More
अब खाद्य उद्योग अनुमतिपत्र अनलाइनमै

अब खाद्य उद्योग अनुमतिपत्र अनलाइनमै

काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले खाद्य उद्योगसम्बन्धी अनुमतिपत्र व्यवस्थापनका सम्पूर्ण प्रक्रिया अनलाइनमार्फत उपलब्ध गराउने भएको छ। विभागले हालै सार्वजनिक गरेको नयाँ प्रणालीमार्फत उद्योग दर्ताको सिफारिस, अनुमतिपत्र जारी तथा नविकरण सबै सेवा अब डिजिटल रूपमा लिन सकिनेछ। यस प्रणालीलाई विभागले Nepal’s Food and Feed Industry Licensing System (NeFFILS)  नामाकरणसमेत गरेको छ, जसको औपचारिक शुभारम्भसँगै सेवा पूर्ण रूपमा सुरु भएको हो। यस सुविधाअन्तर्गत आवेदन दिनेदेखि आवश्यक कागजात अपलोड गर्ने, आवेदनको प्रगतिस्थिति हेर्ने र प्राप्त अनुमतिपत्रलाई डिजिटल ढंगले सुरक्षित राख्ने सुविधा उपलब्ध गराइएको विभागले जनाएको छ। राजधानीमै आयोजना गरिएको अभिमुखीकरण तथा तालिम कार्यक्रममा काठमाडौं उपत्यका र काभ्रेपलाञ्चोकका करिब ७० जना…
Read More
चाडबाड नजिकिँदै जाँदा तरकारी महँगियो

चाडबाड नजिकिँदै जाँदा तरकारी महँगियो

१७ भदौ । चाडपर्व नजिकिँदै गर्दा महोत्तरीका बजारमा तरकारीको मूल्य आकासिएको छ । उपभोक्ताले दैनिक खर्च थेग्नै गाह्रो भएको गुनासो गरेका छन् । साउनसम्म प्रतिकिलो रु ३५ मा पाइने पुरानो आलु अहिले रु ५० पुगेको छ भने पहाडबाट ल्याइएको आलु रु ७० मा बिक्री भइरहेको छ । भन्टा रु ८०, परवल रु १००, गोलभेँडा रु ९०, काउली रु २००, हरियो फर्सी रु ६०, पिँडालु रु ७०, करेला रु ९०, घिरौँला र भिन्डी रु ५० तथा ओल प्रतिकिलो रु १५० मा पुगेका छन् । नागपञ्चमीदेखि दशैँसम्म मिथिला क्षेत्रमा चाडपर्वको चटारो रहने भएकाले माग बढ्दा मूल्य बढेको उपभोक्ताको बुझाइ छ । यसपालि…
Read More
धनकुटामा अलैंची उत्पादन वृद्धि, निर्यात आय बढ्यो

धनकुटामा अलैंची उत्पादन वृद्धि, निर्यात आय बढ्यो

भदौ १७ । आर्थिक वर्ष २०८१/८२ मा धनकुटाबाट करिब ८ करोड ५० लाख रुपैयाँ बराबरको अलैंची निर्यात भएको छ। कृषि ज्ञान केन्द्र धनकुटाका अनुसार गत वर्ष १२७ हेक्टर क्षेत्रमा गरिएको खेतीबाट ४० मेट्रिक टन अलैंची उत्पादन भएको हो, जुन अघिल्लो वर्षको भन्दा करिब ५.२ मेट्रिक टन बढी हो। अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा ३४.८ मेट्रिक टन अलैंची उत्पादन भएको थियो र करिब ७ करोड ४६ लाख रुपैयाँ बराबरको निकासी भएको थियो। यस वर्ष उत्पादन र मूल्य दुवै बढेकाले निर्यात मूल्य करिब एक करोड चार लाख रुपैयाँले बढेको कृषि ज्ञान केन्द्रका प्रमुख नगेन्द्र बहादुर रानाले जानकारी दिनुभयो। गत वर्ष अलैंचीको खरिदबिक्री…
Read More
चिया मजदुरको पारिश्रमिक बढ्यो, अब दैनिक ५६५ रुपैयाँ

चिया मजदुरको पारिश्रमिक बढ्यो, अब दैनिक ५६५ रुपैयाँ

१७ भदौ – लामो वार्तापछि अन्ततः नेपाल चिया उत्पादक सङ्घ र चिया मजदुरका ट्रेड युनियनबीच पारिश्रमिक वृद्धि गर्ने सहमति भएको छ। यस सहमति अनुसार अब चिया बगानमा काम गर्ने मजदुरले दैनिक न्यूनतम ५६५ रुपैयाँ पाउने भएका छन्। सोमबार भद्रपुरमा भएको सम्झौतामा संघतर्फ वार्ता समिति संयोजक जेपी शर्माले हस्ताक्षर गरे भने श्रमिक संगठनतर्फ नेपाल चिया कफी श्रमिक युनियनका अध्यक्ष सन्तकुमार राई, अखिल नेपाल चिया मजदुर सङ्घकी अध्यक्ष सीता सापकोटा र नेपाल चिया बगान श्रमिक सङ्घका अध्यक्ष दीपक तामाङले हस्ताक्षर गरेका छन्। नयाँ सम्झौताअनुसार मजदुरको मासिक तलब पनि बढेको छ। अब उनीहरूले न्यूनतम १५ हजार ६९९ रुपैयाँ मासिक पाउनेछन्। यसअघि दैनिक ५००…
Read More