कृषि खबर

दसैँअघि नै अनुदान रकम पाउनुपर्ने उखु किसानको माग

दसैँअघि नै अनुदान रकम पाउनुपर्ने उखु किसानको माग

पश्चिम नवलपरासी । मुलुकभरका उखु किसानले सरकारसँगको सम्झौताअनुसारको अनुदान रकम दसैँअघि नै पाउनुपर्ने माग गरेका छन् । सरकारले यसअघि नै रकम उपलब्ध गराउने प्रतिबद्धता जनाए पनि अहिलेसम्म किसानले उक्त रकम नपाएपछि उनीहरू चिन्तित बनेका हुन् । देशभरका किसानले आर्थिक वर्ष २०८१—८२ को अनुदान रकम एक अर्ब ६० करोड रुपियाँ अनुदान भुक्तानी पाउन बाँकी छ । उखु उत्पादक महासङ्घका प्रवक्ता एवम् पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेशचन्द्र यादवले विज्ञप्ति जारी गर्दै दसैँ अगाडि रकम नपाएमा दसैँलगत्तै सडक सङ्घर्षमा उत्रने चेतावनी दिएका छन् । यसअघि भदौ ८ देखि १३ गतेसम्मको आन्दोलनपछि सरकारले तत्कालै अनुदान रकम दिने आश्वासन दिएको थियो । गत वर्ष…
Read More
दसैँ नजिकिँएसँगैं हिमाली भेडाच्याङ्ग्रा बजार झर्न थाले

दसैँ नजिकिँएसँगैं हिमाली भेडाच्याङ्ग्रा बजार झर्न थाले

दसैँ नजिकिँदै गर्दा हिमाली भेडाच्याङ्ग्रा बजार झर्न थालेका छन् । मुस्ताङ, जुम्ला र डोल्पामा पालिएका च्याङ्ग्रा किसान र व्यापारीले बथानसहित मुलुकका विभिन्न सहरतर्फ पठाउन सुरु गरेका हुन् । भेडाच्याङ्ग्रा बजार झर्न थालेपछि दसैँ पर्वको वातावरण थप प्रस्ट भएको छ । मुस्ताङबाट बेनी–जोमसोम सडकमार्ग हुँदै म्याग्दीको रघुगङ्गा गाउँपालिकाको बैसरीमा ल्याइएका च्याङ्ग्रा ट्रक र कन्टेनरमार्फत पोखरा, काठमाडौँलगायत ठूला सहरमा ढुवानी भइरहेको छ । नेपाल चौपाया खरिद बिक्री सङ्घका संस्थापक अध्यक्ष ज्ञानकुमार श्रेष्ठका अनुसार बिहीबारसम्म १,३०० भेडाच्याङ्ग्रा काठमाडौँ पठाइएको छ भने थप १,७०० लैजाने तयारी भइरहेको छ । श्रेष्ठका अनुसार यस वर्ष तातोपानी र रसुवानाका नाका बन्द भएकाले ठूला सहरमा पुग्ने भेडाच्याङ्ग्राको मुख्य…
Read More
आज चार प्रदेशमा वर्षाको सम्भावना

आज चार प्रदेशमा वर्षाको सम्भावना

काठमाडौँ । हाल मनसुनको न्यूनचापीय रेखा पश्चिमतर्फ सामान्यभन्दा अलि दक्षिणतिर र पूर्वतर्फ सामान्य स्थानकै आसपास रहँदा यसको प्रभाव नेपालभर देखिएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशका धेरै भागमा बदली रहने र कतिपय स्थानमा वर्षा हुने सम्भावना छ। दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा सामान्यतया बदली रहनेछ भने तराईका अधिकांश भूभागमा आंशिक बदली मात्र रहने विभागले जनाएको छ। वर्षाको हिसाबले हेर्दा कोशी र बागमती प्रदेशका केही स्थानमा मध्यम वर्षा पर्न सक्ने देखिएको छ। त्यस्तै, मधेश र गण्डकी प्रदेशका केही स्थानमा पनि मध्यम वर्षा हुने अनुमान छ। अन्य पहाडी भूभागका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा पर्न सक्ने सम्भावना…
Read More
अलैँचीको बजार भाउमा गिरावट

अलैँचीको बजार भाउमा गिरावट

झापा । नगदे बाली अलैँचीको बजार भाउमा गिरावट आएको छ । नेपाल अलैँची व्यवसायी महासङ्घका केन्द्रीय अध्यक्ष दीपक नेपालले प्रमुख व्यापारिक केन्द्र विर्तामोडमा आज अलैँची प्रतिमन ९४० किलो० विभिन्न ग्रेडअनुसार रु ८१ हजारदेखि रु ९२ हजारसम्ममा बिक्री भइरहेको बताउनुभयो । सबैभन्दा राम्रो गुणस्तरको अलँैचीलाई ‘बोल्ड’ भनिन्छ । उहाँका अनुसार ‘बोल्ड’ अलैँचीको अहिलेको बजार भाउ प्रतिमन रु ९२ हजार रहेको छ । सामान्य गुणस्तरको अलैँची ‘चालु’ भनेर चिनिन्छ । जसको भाउ प्रतिमन रु ८१ हजार रहेको छ । मध्यम गुणस्तर अर्थात् ‘जेजे’ भनेर चिनिने अलैँचीको भाउ प्रतिमन रु ८४ हजार रहेको अध्यक्ष नेपालले जानकारी दिनुभयो । भदौ पहिलो साता अलैँचीको बजार…
Read More
कालीमाटीमा तरकारी थन्कियो

कालीमाटीमा तरकारी थन्कियो

काठमाडौं । देशकै ठूलो तरकारी बजार कालीमाटीमा यसपटक तरकारी थन्किन पुगेको छ। ‘जेनजी’ युवाको आन्दोलनका कारण मंगलबार बिहानैदेखि बजार वरिपरि अशान्ति सिर्जना भएपछि तरकारी बिक्री हुन पाएन। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार दैनिक झैँ करिब ६ सय मेट्रिक टन तरकारी उपत्यकाबाहिरबाट ल्याइएको थियो। तर सोमबार रातिदेखि मंगलबार बिहानसम्म भित्र्याइएका तरकारी साना बजारतर्फ पठाउनै नपाई थन्किएका हुन्। बजार क्षेत्रमा कफ्र्यु लागेपछि व्यापारीले पसल खोल्न सकेनन्। बजारमा पर्याप्त तरकारी भए पनि बेच्ने वातावरण नबनेको कालीमाटी थोक व्यापारी संघका अध्यक्ष गीताप्रसाद आचार्यले बताए।
Read More
आज देशभर वर्षा र हावाहुरीको सम्भावना

आज देशभर वर्षा र हावाहुरीको सम्भावना

काठमाडौं – नेपालभर मनसुनी प्रभाव जारी रहेकाले आज दिनभर र रातभर देशका धेरै ठाउँमा वर्षा र हावाहुरीको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर सरिरहेकाले अहिले देशभर सामान्यतया आकाश बदली रहने विभागको अनुमान छ। दिउँसो विशेषगरी बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागमा मध्यम वर्षा हुने सम्भावना छ भने तराईका केही स्थानमा पनि पानी पर्ने अपेक्षा गरिएको छ। यस्तै, मधेश प्रदेश र लुम्बिनीको तराईका केही भागमा हावाहुरी चल्न सक्ने भएकाले त्यहाँका स्थानीयलाई सतर्क रहन आग्रह गरिएको छ। हावाहुरीका कारण बिजुली आपूर्ति अवरुद्ध हुन सक्ने र भौतिक क्षति हुने जोखिम रहेको विभागले…
Read More
सिन्धुलीमा तीन करोडभन्दा बढीको कृषि कार्यक्रम सार्वजनिक

सिन्धुलीमा तीन करोडभन्दा बढीको कृषि कार्यक्रम सार्वजनिक

सिन्धुलीमाढी । यस वर्ष सिन्धुलीका कृषकलाई लक्षित गर्दै तीन करोड रुपैयाँभन्दा बढीको कृषि कार्यक्रम सञ्चालन हुने भएको छ। कृषि विकास कार्यालय सिन्धुलीले चालु आर्थिक वर्ष २०८२/०८३ का लागि पूँजीगत तर्फमा तीन करोड २२ लाख ४० हजार रुपैयाँ बराबरको कार्यक्रम सार्वजनिक गरेको हो। कार्यालयका अनुसार बागमती प्रदेश सरकार र संघीय सरकारको सहकार्यमा कृषक समूह, सहकारी संस्था, निजी कृषि फर्म र कार्यालय आफैंले विभिन्न साझेदारी कार्यक्रम अघि बढाउने तयारी भइरहेको छ। ‘एक वडा, एक उत्पादन’ अवधारणाअन्तर्गत सुनकोसी गाउँपालिका–५ र फिक्कल गाउँपालिका–५ मा तरकारी खेती विस्तार गरिनेछ। त्यस्तै, कृषि विकास उद्यमशीलता विकास कार्यक्रम अन्तर्गत साझेदारलाई बढीमा दुई लाख रुपैयाँसम्म अनुदान उपलब्ध गराइनेछ। फलफूल,…
Read More
सीमावर्ती क्षेत्रमा बर्डफ्लुको उच्च जोखिम

सीमावर्ती क्षेत्रमा बर्डफ्लुको उच्च जोखिम

कञ्चनपुर । भारतको उत्तराखण्डमा बर्डफ्लु पुष्टि भएपछि कञ्चनपुर जिल्लामा उच्च सतर्कता अपनाइएको छ। सीमा नजिकै रोग देखिएपछि नेपालतर्फ संक्रमण फैलिन नदिन जिल्लास्तरीय बर्डफ्लु नियन्त्रण समिति सक्रिय बनेको हो। जिल्ला भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख श्याम खड्काका अनुसार दोधाराचाँदनी, बेलौरी, पुनर्वास, भीमदत्त नगरपालिका र बेलडाँडी गाउँपालिकामा सचेतनामूलक कार्यक्रम सञ्चालन भइरहेको छ। पन्छी तथा पन्छीजन्य उत्पादनको अवैध आयात रोक्न सुरक्षाकर्मी सहितको टोलीले आकस्मिक अनुगमन सुरु गरेको छ। “भारतबाट सस्तो मूल्यका कारण अवैध रूपमा कुखुरा नेपाल भित्रिने क्रम बढेकाले जोखिम थपिएको छ,” खड्काले बताए। उनका अनुसार संक्रमण फैलिएमा पूरै क्षेत्रमा रहेका कुखुरा नष्ट गर्नुपर्ने बाध्यता आउन सक्छ। त्यसैले किसानलाई लक्षण…
Read More
भारतीय केराको आयात रोक्न नवलपरासीका किसानको आग्रह

भारतीय केराको आयात रोक्न नवलपरासीका किसानको आग्रह

भदौ १८, नवलपरासी । पश्चिम नवलपरासीका केरा उत्पादक किसानले भारतबाट हुने केरा आयात तत्काल रोक्न माग गरेका छन् । उनीहरूले आफ्ना उत्पादन बजारमा खपत नहुँदा लागत समेत नउठ्ने चिन्ता व्यक्त गर्दै स्थानीय प्रशासनसमक्ष ध्यानाकर्षण गराएका हुन् । आज प्रमुख जिल्ला अधिकारी हीरालाल रेग्मीलाई ज्ञापनपत्र बुझाएका किसानले आन्तरिक उत्पादनले नै पर्याप्त मात्रामा माग धान्ने भएकाले भारतीय केरा भित्रन नदिन आग्रह गरेका छन् । केरा उत्पादक सङ्घ नवलपरासीका अध्यक्ष लख्खु यादवका अनुसार हाल खेतमै पाकेर नष्ट हुन थालेपछि किसानहरूको ठूलो लगानी संकटमा परेको छ । गत वर्ष प्रतिदर्जन ४५ रुपियाँसम्ममा बिक्री भएको केरा यस वर्ष २० रुपियाँमै बजार नपाएको किसानहरूको गुनासो छ…
Read More
आज कोशी र बागमतीको केही स्थानमा भारी वर्षाको चेतावनी

आज कोशी र बागमतीको केही स्थानमा भारी वर्षाको चेतावनी

हेटौँडा । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर सरेसँगै देशभरको मौसममा बदली आएको छ। मौसम विभागले जारी गरेको पूर्वानुमान अनुसार आज दिउँसो र राति देशका विभिन्न भागमा मध्यम वर्षाको सम्भावना रहे पनि कोशी प्रदेश र बागमती प्रदेशका केही स्थानमा भारी वर्षाको चे तावनी दिइएको छ।आज दिउँसो लुम्बिनी प्रदेश लगायत पहाडी तथा तराईका केही स्थानमा मध्यम वर्षा हुनेछ। आज राति भने कोशी प्रदेश र मधेश प्रदेश लगायत पहाडी भेगमा साधारणतया बदली रहनेछ भने बाँकी भू(भागमा आंशिक बदलीको सम्भावना छ। राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा र अन्य प्रदेशका पहाडी भेगका थोरै स्थानहरूमा मध्यम वर्षाको अनुमान गरिएको छ।…
Read More