कृषि खबर

कृषि अम्बुलेन्स , चितवनका किसानलाई राहत

इच्छाकामना गाउँपालिकाले हपनी कृषि समूहको साझेदारीमा सञ्चालन गरिरहेको कृषि एम्बुलेन्सका कारण थोरै मात्रामा सागसब्जी लिन गाडी आउन नमान्ने हुँदा त्यत्तिकै खेर जाने गरेको समस्या हट्नुको साथै दुई मुठा सागले पनि बजार पाउने गरेको र किसानलाई उत्पादित कृषि सामग्री बजारसम्म लैजान सहज भएको चेपाङले बताए। कृषि एम्बुलेन्सले टोलटोलमा पुगेर थोरैथोरै उत्पादन पनि बजारसम्म लैजाने र भाडादर पनि अन्य गाडीको भन्दा सस्तो भएको उनी बताउँछन्। कृषि एम्बुलेन्स सञ्चालनमा आएपछि यहाँका किसानलाई राहत मिलेको कृषि एम्बुलेन्स चालक स्थानीय दीपक प्रजाले बताए। उनले किसानको घरटोलमा नै पुगेर सागसब्जी सङ्कलन गरी बजारसम्म लैजाने गरेको जानकारी दिए।
Read More

धान भित्र्याउन प्रविधि आउदा किसानलाई सहज

धान पाकिसके पनि चाडबाडका कारण रोकिएका कैलाली/कञ्चनपुरका किसानहरु अहिले धमाधम काटेर भित्र्याउन हतारोमा देखिन्छन् । धान भित्र्याउने र गहुँ तथा दलहन बाली लगाउने सिजन सुरु हुन थालेको अधिकांश किसान खेतबारीमा व्यस्त छन् । पछिल्ला वर्षहरूमा कृषि क्षेत्रमा प्रविधि भित्रिएकाले धानमा पनि पहिलाको जस्तो, हातले काट्ने, हातले चुट्ने, गोरुले दाइँ गर्नुपर्ने अवस्था नभएको कैलारीकै किसान रेमन्त बोहराले बताएका छन्। बोहराले भने गाउँमा ‘नयाँ-नयाँ मेसिन भित्रिएका छन् । यसपालि त धान काट्ने र चुट्ने मेसिन पनि भित्रिदा धेरै सजिलो भएको छ ।’ खेत खनजोत गर्ने, बाली काट्ने र झार्ने जस्ता काममा आधुनिक कृषि औजारको प्रयोग बढ्न थालेपछि कृषकलाई धान खेती गर्न सहज…
Read More

बदाम उत्पादक किसानलाई प्रोत्साहन रकम दिदै हलेसी तुवाचुङ नगर

हलेसी तुवाचुङ नगरपालिकाले रैथाने बाली प्रवर्द्धन कार्यक्रमअन्तर्गत बदाम खेती प्रवर्द्धन गर्न प्रोत्साहन स्वरूप पाँच मुरी बदाम उत्पादन गर्ने किसानलाई प्रतिमुरी पाँच सय रूपैयाँका दरले दुई हजार पाँच सय रूपैयाँ र त्यसभन्दा माथि उत्पादन गर्नेलाई थप प्रतिमुरी तीन सय रूपैयाँका दरले प्रोत्साहन रकम उपलब्ध गराइने हलेसी तुवाचुङ नगरपालिकाकी प्रमुख विमला राईले बताइन् । राईले भनिन्, ‘यसै चालु आर्थिक वर्षबाट लागू हुने गरी सूचनासमेत जारी गरिसकेका छौं ।
Read More

धान काट्ने मेसिन भित्राय पछि जुम्लाका कृषक मा खुसि

जुम्ला मा पहिले हँसियाले धान काट्ने चलन भयकोले धान काट्नकै लागि एक साता समय लागिरहेको हुन्थ्यो तर यो पटक जुम्ला मा मेसिन भित्रायापछी जुम्ला चन्दननाथ नगरपालिका-७ का भीमबहादुर सार्कीले उक्त मेसिन लगाएर १२ मुरीखेतमा रोपेको धान एकैदिनमा काटेर सके।
Read More

फल्यो पाखो बारीमै धान,परे पाल्पाका किसान दंग !

पहिले का पुस्ता हरु ले बारी पाखा मा घैया लागेको त सुन्नु नै भएको छ होला तर मैकै छर्ने बालि मा धान फाले पछि गाउले नै चकित परेका छन्।हेर्दाहेर्दै मकै छर्ने बारीमा धान उम्रिँदा पाल्पाका सबै अचम्म परेको कृषि प्राविधिक तिमिल्सेनाले बताए । ‘अन्य बाली लगाउँदा वन्यजन्तुले नोक्सान गर्ने हुदा बारी बाँझो राख्ने सोँचमा पुग्नेहरूका लागि यो प्रजाति उपयुक्त हुन्छ,’ उनले भने, ‘यही जातको धान लगाए पनि उत्पादनमा फाइदा नै हुने देखिएको छ ।’ वन्यजन्तुबाट जोगाउन सजिलो बाली हो धान ।
Read More

५० रुपैयाँले बढ्यो हरियो लसुनको मूल्य

समिति ले सार्बजनिक गरेको मुल्यासुची अनुसार आज नेपाली बजार मा हरियो लसुन को मूल्य प्रति किलो ५० रुपैयाँ को दर ले बृधि भै प्रति किलो ३०० रुपैयाँमा कारोबार भैरहेको छ। अन्य तरकारी तथा फलफुल मा भने सामान्य घटबढ भएको छ।
Read More

बाढी पीडितलाई आयल निगमको तीन करोड सहयोग

नेपाल आयल निगमले अविरल वर्षासँगै गएको बाढी पहिरोबाट पीडित भएकाहरूका लागि प्रधानमन्त्री दैवी प्रकोप राहत तथा उद्धार कोषमा तिन करोड रकमको चेक निगमका कार्यकारी निर्देशक डा. चण्डिका भट्टले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आइतबार हस्तान्तरण गर्दै सहयोग गरेको छ। सो क्रममा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र सञ्चालक समितिका अध्यक्ष समेत रहेका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव र निगम सञ्चालक समितिका सदस्यहरूको समेत उपस्थिति थियो । निगम सञ्चालक समितिको सो बराबरको रकम हस्तान्तर गर्ने निर्णय बमोजिम उक्त रकम हस्तान्तरण गरिएको निगमका प्रवक्ता पूर्ण रिजालले जानकारी दिए ।
Read More

मखमली फूल र मालाको माग घटे संगै गुण्डुवासी निरास

धेरै पनि परेको कारण ले फुल धेरै राम्रो नभएको र पुस्ताले चासो नदेखाउने र वृद्धवृद्धाले काम गर्न नसक्दा गुण्डुमा फूलको उब्जनी नै मासिने सम्भावना उच्च रहेको छ। फूलको व्यापार क्रमशः वर्षेनी घट्दै जादा यस वर्ष विगतको तुलनामा फूलको उत्पादन कम भएको र बजार पनि नरहेको किसानको गुनासो छ । विचौलियाकाकारण किसानसँग व्यापारीहरुको भेट नहुने र विचौलियाले बाटोबाटै व्यापारीहरुलाई फर्काइदिने गरेको किसान बताउँछन् । सरकारले पनि उन्नत प्रकारको बीउबिजन दिन नसक्नु का साथै आयातित फूलले बजार लिँदा देशका किसानले लगाएको फूल बिक्री हुन छोडेको गुनासो उनीहरुको छ ।
Read More

पर्वतमा असिनाले धानबालीमा क्षति गर्दा कृषक चिन्तामा

पर्वतका जिल्लाका विभिन्न क्षेत्रमा हालै परेको असिनापानीका कारण पाक्ने बेलाको धानमा नोक्सानी पुग्नुको साथै कतिपय स्थानमा किसानले काटेर खेतमै सुकाएको धानमा क्षति पुगेको छ भने कतिपय ठाउँमा पाकेको धान झारेर नष्ट भएको किसानले गुनासो गरेका छन्। कुश्मा-१० पिपलटारीका किसान दीपक सुवेदीले पाकेर काट्ने बेलाको धान असिनाले नष्ट गरिदिएको गुनासो गरे । जिल्लाको कुश्मा र फलेवास नगरपालिका, जलजला, मोदी र महाशिला गाउँपालिकाका विभिन्न ठाउँमा असिनापानीले क्षति पुर्‍याएको हो ।
Read More

ड्रागन फ्रुटसँगै सयपत्री फूलले बारी पहेँलपुर र लोभलाग्दो

मन्थली नगरपालिका–५ सुनारपानीका रामबहादुर शाहीले बनमाराले भरिएको जग्गामा खनजोत गरी सुरु गरेको ड्रागन फ्रुटसंगै गरेको सयपत्री फूलको खेतीले बारीलाई नै पहेलपुर र लोभलाग्दो बनाएको छ।
Read More