अब खाद्य उद्योग अनुमतिपत्र अनलाइनमै
काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले खाद्य उद्योगसम्बन्धी अनुमतिपत्र व्यवस्थापनका सम्पूर्ण प्रक्रिया अनलाइनमार्फत उपलब्ध गराउने भएको छ। विभागले हालै सार्वजनिक गरेको नयाँ प्रणालीमार्फत उद्योग दर्ताको सिफारिस, अनुमतिपत्र जारी तथा नविकरण सबै सेवा अब डिजिटल रूपमा लिन सकिनेछ। यस प्रणालीलाई विभागले Nepal’s Food and Feed Industry Licensing System (NeFFILS) नामाकरणसमेत गरेको छ, जसको औपचारिक शुभारम्भसँगै सेवा पूर्ण रूपमा सुरु भएको हो। यस सुविधाअन्तर्गत आवेदन दिनेदेखि आवश्यक कागजात अपलोड गर्ने, आवेदनको प्रगतिस्थिति हेर्ने र प्राप्त अनुमतिपत्रलाई डिजिटल ढंगले सुरक्षित राख्ने सुविधा उपलब्ध गराइएको विभागले जनाएको छ। राजधानीमै आयोजना गरिएको अभिमुखीकरण तथा तालिम कार्यक्रममा काठमाडौं उपत्यका र काभ्रेपलाञ्चोकका करिब ७० जना…
