ताजा खबर

कुखुरा पालनमा रमाउँदै भुर्तेलडाँडाको नेपाल

कुखुरा पालनमा रमाउँदै भुर्तेलडाँडाको नेपाल

बकैयाँ गाउँपालिका -9, भुट्टेलडाँडा बसोबास गर्ने मीना कुमारी नेपाल कुखुरा व्यवसाय गरेर नै जीविकोपार्जन गर्दै आइरहनु भएको छ । उहाँको अनुसार उहाँले करिब सात वर्षदेखि कुखुरा पाल्दै आउनुभएको छ। सुरुमा २०० देखि सुरु गरेको व्यवसाय अहिले ५००० सम्म पुगेको छ। उहाँ भन्नुहुन्छ, कुखुरा पाल्दा केहि डर धेरै भएता पनि निरन्तर गरिरहेको भएरअहिलेसम्म राम्रै आम्दानी गरिरहेको छ, हामी खुसी नै छौं। बकैया गाउँपालिका वडा नम्बर ९ मा पानी,बत्ती र बाटोको राम्रो विकास नहुँदा कुखुरापालनमा निकै समस्या आउने उहाँले बताउनुभएको छ। पहिले पहिले बाटो र बत्तीको पनि निकै समस्या रहेको तर अहिले भने बाटो र बत्तीको विकास भएको छ तर पानीको भने…
Read More
जुम्लामा स्याउको बिक्रि धमाधम

जुम्लामा स्याउको बिक्रि धमाधम

अहिले जुम्लामा स्याउ को बिक्रि तिब्र रुपमा भैरहेको छ। जुम्लाबाट यस बर्षमा अहिले सम्म मात्र पनि रु ६१ करोड बराबरको स्याउ बिक्रि भैसकेको छ । जुम्ला को स्याउ रसिलो र मिठो हुने हुदाँ जुम्लाको स्याउ धेरै बिक्रि हुने गरेको पाईन्छ।
Read More

नेपालको ऋण करिब २६ खर्ब पुग्यो

कार्तिक, १,२०८१(१७ अक्टोबर २०२४) सम्ममा नेपालको कुल ऋण करिब २६ खर्ब रुपैयाँ पुगेको छ, जसको असर प्रत्येक नेपाली नागरिकलाई लगभग ८६ हजार रुपैयाँ बराबर पर्न आउँछ। विकास र पुनर्निर्माणका योजनाहरूले यो ऋण अझै बढ्दै गएको छ।
Read More

प्लास्टिक को मालाको प्रयोगले फुलको मागमा कमि

अहिले तिहारको समयमा फुलको माला भन्दा पनि प्लास्टिक को माला को प्रगोय बढ्दै जादा फुलको मागमा कमि आएको छ भने फुल खेति गर्ने हरुलाई फुल को माला बिक्रि गर्न कठिन हुनुका साथै फुलको मूल्य कम पाउदा किसानहरुको लगानी पनि उठ्न मुस्किल भैरहेको छ।
Read More

कुखुरापालनमा व्यवसाय रमाउँदैं उच्च शिक्षा हासिल गरेका भुवन

पाल्पा रामपुर नगरपालिका–८ आँपचौरका भुवन अर्याल कुखुरापालन गरेर समाजमा उदाहरणीय बनेकाछन्। उद्यमी अर्यालले रामपुर–८ खैरेनीमा प्रशस्त धान उत्पादन हुने खेतमा संरचना बनाएर रामपुर एग्रो तथा कृषि फार्म सञ्चालन गरेकाछन् । उनले भने, “यो व्यवसाय देखेर अरुले पनि केही सिको गरुन् भन्ने मेरो चाहना छ ।” विगत सात वर्षदेखि उनी यो व्यवसायमा आबद्ध छन् । उद्यमी अर्यालले रु ५० लाख लगानीमा कुखुरा पाल्न थालेका हुन् । यसबाट वार्षिक रु सात लाखसम्म आम्दानी हुने गरेको उनी बताउँछन् । स्थानीय सूर्योदय सहकारीबाट चल्ला फार्ममै आउने भएपछि व्यवसायमा चल्ला खरिदको समस्या नभएको उनले बताए । व्यवसाय धान्न एक जनालाई रोजगार दिएकाछन् । टिक्ने खालको…
Read More

नेपालको विपद् व्यवस्थापनमा विश्व बैंकले १५० मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण दिने

नेपालको विपद् व्यवस्थापन गर्न विश्व बैंकले नेपाल सरकारलाई १५० मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण सहायता दिने भएको छ ।बैंकको केन्द्रीय कार्यालयमा अर्थ सचिव डा. रामप्रसाद घिमिरे र बैंकका नेपाल, माल्दिभ्स र श्रीलंका हेर्ने कन्ट्री डाइरेक्टर डेभिड सिस्लनले सहायता परिचालन सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । बजेटरी सहायताको रुपमा उपयोग हुने उक्त रकम विपद पुनर्स्थापना, पुनरोत्थान र पुनर्निर्माणमा उपयोग हुनेछ । सम्झौता हस्ताक्षरमा नेपालका उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल पनि सहभागी थिए अर्थमन्त्री पौडेल विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा सहभागी हुन अमेरिकामा छन् । सोही सिलसिलामा दक्षिण एसिया क्षेत्रका गभर्नरहरुको संयुक्त बैठकमा सहभागी भएका थिए ।अर्थमन्त्री…
Read More

साफ महिला फुटबलमा आज नेपाल श्रीलङ्कासँग खेल्दै

काठमाडौंमा जारी साफ महिला च्याम्पियनसिप फुटबलमा आज नेपालले श्रीलङ्कासँग खेल्दैछ ।यसअघि अस्ति मङ्गलवार भएको खेलमा नेपालले माल्दिभ्सलाई ११–० गोलले पराजित गरेको थियो । नेपाल समूह ‘बी’ को शीर्ष स्थानमा छ ।
Read More

तोडियो नेपालको विश्व किर्तिमान

पुरुष टी–२० विश्वकप अफ्रिका उप–क्षेत्रीय छनोट प्रतियोगितामा जिम्बाब्वेले आज गाम्बियाविरुद्ध ४ विकेटको क्षतिमा ३४४ रन बनाए पछि टी–२० क्रिकेटमा सर्वाधिक रन बनाएर रेकर्ड राखेको नेपालको कीर्तिमान भंग भएको छ।जिम्बाब्वेले अब यौटा दुर्लभ नायाँ विश्व किर्तिमान राख्न सफल भएको छ।
Read More

नेपाल जापानसँग पराजित

कतारमा सुरु भएको एएफसी यू–१७ एसियन कप छनोटमा नेपाल बुधबार शक्तिशाली जापानको हातबाट ९–२ ले पराजित भएको छ । समूह ‘एफ’ को खेलमा नेपालले सुरुआती अग्रता लिएपछि जापानले एकपछि अर्को गोल गर्दा नेपालले भने सोचेजस्तो प्रदर्शन गर्न सकेन।
Read More

मौरीपालनबाट लोभैं लाग्दो आम्दानी

घोराही उपमहानगरपालिका–१८ सुपैला खुटीका ५७ वर्षीय श्रीधन घर्तीले “लामो समय वैदेशिक रोजगारीमा बिताएपछि उनले व्यावसायिक रूपमा मौरीपालन थालेको १६ वर्ष पूरा भयो । हाल उनको फार्ममा एक सय ५० मौरीसहितका घार छन् । उनले वर्षमा सात टन मह उत्पादन गरेर लोभलाग्दो आम्दानी पनि गर्दै आएकाछन् । मौरीपालन गर्न सिकेपछि व्यावसायिक रूपमा लागेका उनको घरबाटै मह बिक्री हुनेगरेको र वार्षिक रु १६ लाखको कारोबार गरिरहेका पौरखी घर्तीले रु सात लाख बचत हुने बताए । एक किलो मह रु पाँच सयमा बिक्री गर्दै आएको उनले सुनाए ।वर्षा र शिशिर याममा विशेष ध्यान दिएमा मौरीपालनबाट प्रशस्त प्रतिफल लिन सकिने भन्दै उनले मह उत्पादन…
Read More