
मनहरी पालिकाले आफ्नै लगानीमा कोल्ड स्टोर निर्माण गर्दै अध्यक्ष/ उपाध्यक्षद्वारा शिलान्यास
मनहरी गाउँपालिकाले आफ्नै लगानीमा कोल्ड स्टोर निर्माण गर्ने भएको हो । आईतबार एक कार्यक्रमका बिच मनहरी गाउँपालिका अध्यक्ष रन्जन कालाखेती र उपाध्यक्ष सीता पुलामी मगर ( रेखा)ले संयुक्त रुपमा कोल्ड स्टोर भवनको शिलान्यास गर्नुभएको हो । मनहरी गाउँपालिका वडा नम्बर ३ ढेडुवा खोला क्षेत्रमा निर्माण हुन लागेको कोल्ड स्टोर गाउँपालिकाको गौरबको योजनाको रुपमा रहेकोछ । गाउँपालिकाको गत आर्थिक बर्ष २०७९/०८० मै आन्तरिक श्रोतबाट खर्च हुनेगरी १० करोड रुपैयाँ बजेट बिनियोजित गरिएको थियो । जसमा ६ करोड २८ लाखमा निर्माण कार्य सम्पन्न गर्ने गरि नमोबुद्ध हिमालयन जे. भि निर्माण सेवा प्रा.लि. काठमाण्डौले ठेक्का पारेको थियो । निर्माण ब्याबसायी कम्पनीसंग २०८० माघ…