कुखुरा पालनमा रमाउँदै भुर्तेलडाँडाको नेपाल
बकैयाँ गाउँपालिका -9, भुट्टेलडाँडा बसोबास गर्ने मीना कुमारी नेपाल कुखुरा व्यवसाय गरेर नै जीविकोपार्जन गर्दै आइरहनु भएको छ । उहाँको अनुसार उहाँले करिब सात वर्षदेखि कुखुरा पाल्दै आउनुभएको छ। सुरुमा २०० देखि सुरु गरेको व्यवसाय अहिले ५००० सम्म पुगेको छ। उहाँ भन्नुहुन्छ, कुखुरा पाल्दा केहि डर धेरै भएता पनि निरन्तर गरिरहेको भएरअहिलेसम्म राम्रै आम्दानी गरिरहेको छ, हामी खुसी नै छौं। बकैया गाउँपालिका वडा नम्बर ९ मा पानी,बत्ती र बाटोको राम्रो विकास नहुँदा कुखुरापालनमा निकै समस्या आउने उहाँले बताउनुभएको छ। पहिले पहिले बाटो र बत्तीको पनि निकै समस्या रहेको तर अहिले भने बाटो र बत्तीको विकास भएको छ तर पानीको भने…