Krishiartha

सुन्तला सुपरजोन अन्तिम वर्षमा, क्षेत्रफल तीन गुणाले बढ्यो

सुन्तला सुपरजोन अन्तिम वर्षमा, क्षेत्रफल तीन गुणाले बढ्यो

८ साउन । स्याङ्जा जिल्लामा सञ्चालित प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गतको सुन्तला सुपरजोन कार्यक्रम अन्तिम वर्षमा प्रवेश गरेको छ। परियोजना सुरु भएको दस वर्षको अवधिमा जिल्लामा सुन्तला खेती उल्लेख्य रूपमा विस्तार भएको छ। आर्थिक वर्ष २०७३/७४ मा सुरु गरिएको परियोजनाको सुरुवातमा ८८७ हेक्टरमा मात्र सुन्तला खेती थियो। तर हालसम्म यो क्षेत्रफल करिब तीन गुणाले बढेर दुई हजार ३५० हेक्टर पुगेको छ। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ, सुन्तला सुपरजोन स्याङ्जाका सूचना अधिकारी प्रतिभा बुढाथोकी क्षेत्रीका अनुसार, आर्थिक वर्ष २०८०/८१ सम्ममा २,२५० हेक्टर क्षेत्रमा सुन्तला खेती भएको थियो भने, गत वर्षमात्र १०० हेक्टर क्षेत्रमा थप विस्तार गरिएको हो। परियोजनाले सहकारी संस्था,…
Read More
बाँझो जमिनमा व्यावसायिक अनारखेती

बाँझो जमिनमा व्यावसायिक अनारखेती

साउन ७ । डडेल्धुराको अजयमेरु गाउँपालिका–२ का किसानहरूले लामो समयदेखि बाँझो अवस्थामा रहेको जमिनमा व्यावसायिक अनारखेती सुरु गरेका छन् । बडी क्षेत्रको करिब सात सय रोपनी जमिन अहिले अनारका हरिया बिरुवाले ढाकिएको छ । महादेव अनारखेती समूहको अगुवाइमा यो प्रयास सुरू गरिएको हो । समूहले वार्षिक २० हजार रुपैयाँ भाडामा लिई उक्त जमिनमा १० हजार अनारका बिरुवा रोपेको छ । तीमध्ये ८ हजारभन्दा बढी बिरुवा राम्ररी सप्रिएका छन् भने केहीले यसै वर्षदेखि फल दिन सुरु गरेका छन् । बिरुवा रौतहटबाट मगाइएको समूहले जानकारी दिएको छ । आयोजनामा हालसम्म ६५ लाख रुपैयाँ लगानी भइसकेको छ । कृषि ज्ञान केन्द्र डडेल्धुरा र…
Read More
पोखराका महिलाहरू गड्यौला मल उत्पादनतर्फ आकर्षित

पोखराका महिलाहरू गड्यौला मल उत्पादनतर्फ आकर्षित

५ साउन । पोखरा महानगरपालिका–११ की लक्ष्मी अधिकारी र टीकामाया मगर अहिले व्यावसायिक गड्यौला मल उत्पादनतर्फ सक्रिय छन् । उनीहरूले निलबाराही कृषि तथा भर्मी कम्पोष्ट एग्रो फर्म सञ्चालन गर्दै गड्यौला मल उत्पादनसँगै तरकारी तथा घाँस खेती पनि गरिरहेका छन् । फर्मका सञ्चालक लक्ष्मी अधिकारीका अनुसार हाल गड्यौला मलको माग तीव्र रूपमा बढिरहेको छ । उनले जानकारी दिएअनुसार प्रति किलो ५० रुपैयाँमा गड्यौला मल बिक्री भइरहेको छ । सुरुआतमा सानो क्षेत्रफलमा सुरु गरिएको खेती हाल करिब डेढ रोपनी जग्गामा विस्तार गरिएको छ । गड्यौला मल उत्पादनका लागि उनीहरूले भक्तपुरको बोडे क्षेत्रबाट गड्यौला ल्याउने गरेका छन् । अधिकारीका अनुसार हरेक तीन महिनामा…
Read More
कृषिमा आत्मनिर्भरता हासिल गर्ने सरकारको पहल

कृषिमा आत्मनिर्भरता हासिल गर्ने सरकारको पहल

हेटौँडा, साउन ६ गते। कृषि तथा पशुपन्छी विकास मन्त्रालयले देशलाई कृषिमा आत्मनिर्भर बनाउने दिशामा स्पष्ट योजना र कार्यान्वयन अघि बढाएको जनाएको छ। मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री रामनाथ अधिकारीले विगत एक वर्षको कार्यकालमा मन्त्रालयमार्फत थुप्रै नीतिगत तथा संस्थागत सुधारहरू गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार धानमा आत्मनिर्भरता हासिल गर्ने क्रममा मधेस प्रदेशमा देखिएको खडेरी समस्या समाधानका लागि मन्त्रालयले तत्काल अध्ययन टोली खटाइसकेको छ। कृषकलाई दिइने सेवा र सहुलियत सुविधामा सुधार ल्याउने प्रयासमा मन्त्रालय निरन्तर क्रियाशील रहेको मन्त्री अधिकारीको भनाइ थियो। कृषि उत्पादन र उत्पादकत्व वृद्धिसँगै आधुनिकीकरण, बजारीकरण तथा किसानको जीवनस्तर सुधार मन्त्रालयका मुख्य प्राथमिकता भएको पनि उहाँले उल्लेख गर्नुभयो। यद्यपि, सोचेजस्तै…
Read More